शुक्रबार, चैत्र १६, २०८०

राष्ट्रपति यादव र नेता ओलीबीच गहन छलफल

 काठमाडौ वैशाख ८, राष्ट्रपति डारामवरण यादव र नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतवार अपरान्ह राष्ट्रपति निवासमा उहाँहरुबीच भेटवार्ता भएको हो । शीतल निवासमा भएको उक्त भेटवार्तामा राष्ट्रपति र नेता ओलीवीच करिब डेढघण्टासम्म मुलुकको समसामायिक 993457_10201903782103731_1062385229_ndownloadराजनीतिक विषयमा गहन कुराकानीभएको  नेता ओली निकट स्रोतबाट बुझिएको छ ।  भारतमा करिब डेढ महिनासम्म स्वास्थ्य उपचार गराई स्वदेश फर्केपछि नेता ओलीले पहिलोपटक राष्ट्रपतिसँग भेटवार्ता गर्नुभएको हो ।

  उपचारपछि  स्वदेश फर्किनु भएका नेता ओलीको राजनीतिक व्यस्तता अहिले निकै बढेको छ। यसैक्रममा  नेता ओलीसँग एमाले अध्यक्ष झलनाथ खनाल,एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल,संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ त्यसैगरी नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला, परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे, स्वास्थ्य मन्त्री खगराज अधिकारीलगायतका नेताहरुको भेटघात बाक्लिएको छ ।