शुक्रबार, बैशाख १४, २०८१

युवा संघअध्यक्ष बस्नेतले दिए वरिष्ठ प्रहरी उपरीक्षक खरेललाई चुनौती

काभ्रे चैत्र २५, एमालेको भातृ संस्था युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले युवा संघ नेपालको तेस्रो पूर्ण कमिटीको निर्णय सार्वजनिक गर्न मंगलबार एमाले जिल्ला पार्टी कार्यालय बनेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ प्रहरी उपरीक्षक रमेश खरेलले प्रहरीको बर्दी लगाएर राजनीति गर्न खोजेको आरोप basnetलगाएका छन । उनले खरेलको कामले प्रहरीको चेन अप कमाण्डु ध्वस्त भई प्रहरीमा अराजकता बढ्ने दाबी समेत गरे । त्यस्तैे पत्रकार सम्मेलनमा अध्यक्ष बस्नेतले प्रहरी उपरीक्षक रमेश खरेललाई हिम्मत भए बालकृष्ण ढुङगेललाई पक्राउ गरेर देखाउन खरेललाई चुनौती समेत दिएका थिए । ।

युवा संघका केन्द्रीय सदस्य अमित लामालाई दरबारमार्गका डिएसपीको योजनामा बिना कारण पक्राउ गरिएको भन्दै उनलाई तत्काल रिहा गर्न माग संघको बैठकले निर्णय गरेको छ । साथै उनले खरेल आफू हिरो हुन अरुलाई दुख दिने काम गरिरहेको बताए । गृहमन्त्री बामदेव गौतमले बोलेका र थालेका कामहरुमा युवा संघको पूर्ण समर्थन रहेको उनले खुलासा गरे ।