शुक्रबार, बैशाख ७, २०८१

मुलुकको आर्थिक विकासका लागि राजनीतिक स्थिरता आवश्यक : अध्यक्ष नेम्बाङ

 काठमाडौँ चैत २८, संविधानसभाका अध्यक्ष सुवास चन्द्र नेम्बाङले नेपाल उद्योग वाणिज्य महासङ्घको ४८औँ वार्षिक साधारणसभा एवम् उद्योग वाणिज्य subahsदिवस २०७० को आज यहाँ उद्घाटन गर्दै आर्थिक विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताउनुभएको छ । त्यस्तै उहाँले देश राजनीतिक स्थिरताका लागि अघि बढिरहेको चर्चा गर्दै पछिल्ला समयमा विगतको संविधानभाका उपलब्धिको स्वमित्व ग्रहण गर्दै संविधान निर्माणको कार्यलाई एक वर्षमा सम्पन्न गर्नेतर्फ संविधानसभा लक्षित बनेको बताउनुभयो । साथै देशको आर्थिक समुन्नतिका लागि महासङ्घले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि सरकार र महासङ्घबीच आर्थिक समुन्नतिका लागि सहकार्य हुने विश्वास व्यक्त गर्नुभएको छ ।

कर्यक्रममा महासङ्घका अध्यक्ष सुरज वैद्यले राजनीतिक दलबीचको खिचातानी र असमझदारीबाट देशलाई असफल पार्न नहुने धारणा राख्दै संविधानसभाको सफलताले देशलाई आर्थिक एवम् व्यावसायिक उन्नतीतर्फ लैजाने विश्वास व्यक्त गर्नुभयो । महासङ्घका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले देशको आर्थिक विकासका लागि सरकारले दन्डहिनताको अन्त्य र कामगर्ने वातावरणको सुनिश्चितता गर्नुपर्नेमा जोड दिनुभएको थियो । भोलिसम्म चल्ने साधारणसभाले महासङ्घको आगामी तीन वर्षको कार्यकालका लागि नयाँ नेतृत्व निर्वाचित गर्नेछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031