बिहिबार, बैशाख १३, २०८१

मुरारका वरिष्ठ उपाध्यक्षमा निर्वाचित

 काठमाडौँ वैशाख १, नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित हुनुभएको छ । आज सम्पन्न निर्वाचनमा उहाँले ३३ pasupati murakarमत प्राप्त गर्नुभएको थियो । उहाँको निकटम प्रतिद्वन्द्वी भवानी राणाले २९ मत प्राप्त गर्नुभएको थियो । निर्वाचित मुरारका महासङ्घको शनिबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा पराजित उम्मेदवार भाष्करराज राजकर्णिकार समूहमा हुनुहुन्थ्यो । 

महासङ्घको विधानअनुसार निर्वाचित ६२ जनाको कार्यसमितिले वरिष्ठ उपाध्यक्षको चयन गर्ने प्रावधान रहेको छ । यसअघि मुरारका एशोसिएट र राणा भेरी अञ्चलबाट कार्यसमितिका सदस्यमा निर्वाचित भएका थिए ।