शनिबार, बैशाख ८, २०८१

मच्छिन्द्रनाथ जात्राको लागि रथ निर्माण कार्य सुरु

 काठमाडौं चैत २१, सहकालका देवताका रुपमा परिचित सेतो मच्छिन्द्रनाथका रथ जात्राको लागि रथ निर्माण कार्य भइरहेको छ । रथका सामग्रीलाई 521640_464811416923169_1976635432_n 541496_464811533589824_90042719_nआवश्यकताअनुसार मर्मत गर्दै दक्ष तथा अनुभवी कालीगढको सहयोगमा दु्रत गतिमा रथ बनाउन थालिएको हो । निर्माण कार्य यही चैत २४ गतेसम्म पूरा गरी सोही दिनबाट विधि विधानपूर्वक मच्छिन्द्रनाथको पूजा गरी रथयात्रा साँझबाट रथयात्रा गरिने छ ।

 करिब ३२ हात अग्लो रथ निर्माणदेखि जात्रा अवधिभर लाग्ने सम्पूर्ण खर्च गुठी संस्थानले व्यहोर्ने परम्परा रहेको पूजारी पूर्ण बज्राचार्यले जानकारी दिनुभयो । सामान्यतया तीनदिनसम्म सञ्चालन हुने सो जात्रामा सडक तथा रथमा कुनै समस्या आएमा जात्रा केही दिन लम्बिन सक्दछ । पहिलो दिन तीनधारा पाठशालाबाट असन पु¥याउने, दोस्रो दिन हनुमान ढोका र तेस्रो दिन लगनस्थित सेतो मच्छिन्द्रनाथको आमाकहाँ पु¥याएर तीनपटक परिक्रमा गराएपछि जात्रा समापन हुन्छ ।