बुधबार, बैशाख १२, २०८१

भक्तपुरमा बिस्केट जात्राको उभ्याउँदै गरेको लिंगो भाचियो

भक्तपुर चैत्र ३०, भक्तपुरमा आठ रात नौ दिन सम्म मनाइने एतिहासिक एवम् मौलिक बिस्केट जात्राको चौथो दिन आइतबार साँझ भेलुखेलमा उभ्याउँदै गरेको imageलिंगो भाँचिएको छ । गःहिटीमा राखिएको भैरवको रथलाई भेलुखेलमा पुर्‍याएपछि लिंगो उठाउन सुरु गरेको थियो । ५५ हात लामो लिंगोलाई भक्तपुर नगरपालिका स्थित भेलुखेलमा तान्त्रिक विधिपूर्वक दसकर्म विधान गरी नयाँ वर्षको अघिल्लो दिन ठड्याउने परम्परा छ । लिंगोमा ३४ हात लामा दुईवटा विश्वध्वजा र आठ वटा डोरी बाँधिन्छ । लिंगो उभ्याउनुअघि भैरव देवता मानेर विश्व ध्वजासहित विधिपूर्वक पूजा गरिएको थियो ।

अष्टमात्रिकाको प्रतीक मानिने लिंगो भैरव र भद्रकाली रथ भेलुखेल घुमाएपछि पाँचौं दिन बिहीबार विधिवत ढाल्ने गरिन्छ । तर, पहिलो लिंगो भाचिएपछि अर्को लिंगो ठडयाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।