मङ्लबार, बैशाख ११, २०८१

बालाजुस्थित बाइसधारा मेलामा भक्तजनहरूको घुइचो

 काठमाडौँ वैशाख २, चैत शुक्ल पूर्णिमाका दिन आज बालाजुको बाइसधारामा ‘बाइसधारा वहत मेला’ लागेको छ । सो मेला भर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजनहरू सहभागी भएका छन् । बालाजु पार्क क्षेत्रमा तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको बाइसधारामा नागार्जुनको डाँडाबाट पानी आउने गर्दछ । सो पवित्र पानीले आजको दिन स्नान गरेमा कुनै पनि रोग व्याधि नलाग्ने विश्वास गरिन्छ ।

©_anup-11 ©_anup-16 ©_anup-14

©_anup-13

बालाजुस्थित बाइसधारा मेला व्यवस्थापन मूल समारोह समितिले सो स्थानमा स्नान गर्न आउने भक्तजनको सहजताका लागि निःशुल्क स्वास्थ्य शिविर, स्वयम्सेवक परिचालन तथा सुरक्षा व्यवस्थाको प्रबन्ध गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।