शनिबार, बैशाख ८, २०८१

फुजेल प्रकरणमा मुद्दा फिर्ता लिन माओवादीको माग

 काठमाडौँ वैशाख ३, फुजेल हत्या प्रकरणमा सरकारले १३ जनाविरुद्ध सर्वस्वसहित जन्मकैदको अभियोग लगाई चितवन जिल्ला अदालतमा मुद्दा दायर phampa bhusalगरिएकामा नेकपा–माओवादीले आपत्ति जनाएको छ । माओवादी प्रवक्ता पम्फा भुसालले म्रलववार विज्ञप्ति जारी गर्दै युद्धका क्रममा भएका घटनालाई सरकारले एकतर्फी ढङ्गले ‘आपराधिक क्रियाकलाप’ भन्दै मुद्दा दायर गर्ने निहुँमा सर्वसाधारण एवम्माओवादीका कार्यकर्ता समेतलाई दुःख दिई आतङ्क फैलाएको आरोप लगाउनुभएको छ ।

त्यस्तै विज्ञप्तिमा भनिएको छ– ‘एकातिर सरकारले सत्य निरुपण तथा बेपत्ता नागरिकसम्बन्धी कानुनको हवाला दिइरहेको र अर्काेतिर देशव्यापी रुपमा जनयुद्धका मुृद्दा लगाउँदै जनतालाई आतङ्कित पारिरहेको कार्यले शान्तिप्रक्रिया बिथोलिएको छ ।’ माओवादीले विस्तृत शान्तिसम्झौता र अन्तरिम संविधानअनुरुप सरकार र माओवादी पक्षको आपसी सहमति तथा पीडितको सुझाव लिएर मात्रै बेपत्ता छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन कार्य अगाडि बढाउन र मुद्दा फिर्ता लिई राजनीतिक सहमति कायम गर्दै छानबिन प्रक्रिया अगाडि बढाउन माग गरेको छ ।