शनिबार, बैशाख ८, २०८१

प्रम कोइराला र अध्यक्ष दाहालबीच विशेष छलफल

 काठमाडौँ चैत २९ ,प्रधानमन्त्री सुशील कोइराला र एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच आज मुलुकको पछिल्लो राजनीतिक अवस्था, susil & prachandaमन्त्रिपरिषद्द्वारा संविधानसभामा मनोनयन हुने २६ संविधानसभाका सदस्य, तथा तथा संविधान लेखन प्रक्रियाका बारेमा विशेष छलफल भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटघाटमा प्रम कोइरालाले एक वर्षभित्र संविधानसभाबाट संविधान जारी गर्न सरकारले पहिलो प्राथमिकता दिएको उल्लेख गर्दै यसमा सहयोगीको भूमिका निर्वाह गर्न आग्रह गर्नुभएका प्रम कोइरालाका सञ्चार सहयोगी प्रकाश अधिकारीले जानकारी दिनुभयो । जवाफमा अध्यक्ष दाहालले संविधान लेखनमा आफ्नो पार्टीले सहयोग गर्ने बताउनुभएको थाह भएको छ ।