शुक्रबार, बैशाख १४, २०८१

प्रधानन्यायाधीशमा दामोदर शर्मालाई नियुक्ति गर्न परिषदको सिफारिश

काठमाडौं चैत्र १८, प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा सिंहदरबारमा बसेको संवैधानिक परिषदको सोमवार सम्पन्न बैठकले सर्वोच्च अदालतका damodar sharmaकायममुकायम प्रधानन्यायाधीश दामोदर शर्मालाई प्रधानन्यायाधीशमा नियुक्ति गर्नका लागि सिफारिश गरेको छ ।  अब यस निर्णयमा संसदमा संसदीय सुनुवाई हुनेछ । समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।प्रधानन्यायाधीशको नियुक्तिपछि सर्वोच्चमा रिक्त रहेका १० स्थायी न्यायाधीश नियुक्ति गर्नका लागि पनि बाटो खुल्नेछ । प्रधानन्यायाधीश नहुँदा न्याय परिषदको बैठक नै बस्न पाएको छैन ।

यसैगरी, परिषद बैठकमा संवैधानिक निकायहरु मानव अधिकार आयोग, अख्तियार र लोकसेवा आयोगमा रिक्त रहेका पदहरुमा गरिने नियुक्तिमाथि पनि छलफल भएको बुझिएको छ। यद्यपि, यी निकायमा भने निर्णय भएको छैन । मानव अधिकार आयोगमा अध्यक्षसहित सबै पदाधिकारी, अख्तियारमा तीन जना आयुक्त र लोकसेवामा दुई सदस्य रिक्त छन् ।