शनिबार, बैशाख ८, २०८१

पौडेल हत्यामा संलग्न आठ जनालाई जन्मकैदको फैसला

 चितवन चैत २० ,चण्डीभन्ज्याङको केराबारीमा सञ्जय लामाको हत्या अभियोगमा जिल्ला कारागार भरतपुरमा बन्दी जीवन बिताइरहेका नेपाल तरुण दल chitwan-district-courtचितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको हत्यामा संलग्न आठ अभियुक्तलाई आज जिल्ला अदालत चितवनले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । सो मुद्दाका छ जनालाई पाँच वर्षको कैद सजाय सुनाइनाका साथै १३ जनालाई अदालतले सफाइ दिएको छ ।

  जिल्ला अदालत चितवनका न्यायाधीश विनोदमोहन आचार्यको एकल इजलासले सुनिल गुरुङ, शरण गुरुङ, सुनिल केसी, फणीन्द्र श्रेष्ठ, सुरज श्रेष्ठ, दिलबहादुर लामा, सुजेन्द्र राई र अमिर गुरुङलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको हो । त्यसैगरी प्रकाश तामाङ, अमित लामा, विक्रम लामा, चन्द्रबहादुर थापा मगर, भीमकुमार पाख्रिन र राजकुमार घलानलाई पाँच वर्ष कैद फ���सला गरिएको छ । कारागारभित्रै रहेका सूर्यबहादुर पुन, सुनेन्द्र तामाङ र दीपक शाहले सफाइ पाएका छन् । त्यसैगरी योजनाकारको अभियोग लागेका कारागार बाहिरका प्रकाश रेग्मी, सुरजकुमार शाही, फणीन्द्र खनाल, विनोद तामाङ, कुमार देउजा, बाबुराम भण्डारी, सुशील केसी, हितमान गुरुङ, नितेन राई र विष्णु पाण्डेले सफाइ पाएका छन् ।