शुक्रबार, बैशाख ७, २०८१

पारिश्रमिकको पच्चीस प्रतिशत रकम अनाथ,असहाय बालबालिका पढाइमा खर्चिने सभासद् गुरुङको घोषणा

1966948_730819393615935_1652231388_n
(स्याङ्गजाको चित्रेभन्ज्याङ्ग गाविस स्थित वालसूर्यदय र मन प्राविका विद्यार्थीहरुलाई प्रदान गरेपछि बिद्यार्थीहरुको साथमा सभासद् धनराज गुरुङ ।)

कठमाडौं  चैत  १९,नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् धनराज गुरुङले सभासद् भएबापत पाउने पारिश्रमिकको २५ प्रतिशत रकम जिल्लाका हरेक गाविसमा रहेका १०/१० जना अनाथ, असहाय तथा गरिब बालबालिकालाई छात्रवृत्ति आवश्यक छ भनी काँग्रेस गाउँ कार्यसमितिले सिफारिसमा   सभासद् गुरुङले गरिब तथा विपन्न विद्यार्थीको पढाइमा खर्चिने घोषणा गर्नुभएको छ ।

नेपाली काँग्रेस चित्रेभञ्ज्याङ गाउँ कार्यसमितिले मङ्गलबार यहाँ आयोजना गरेको गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण कार्यक्रममा उहाँले सो घोषणा गर्नुभएको हो । गरिब, अनाथ तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति रकम हस्तान्तरण गर्दै सभासद् गुरुङले देशका सबै सभासद्ले यस प्रकारको अभियान चलाएमा देशमा रहेका गरिब, अनाथ तथा असहाय बालबालिकाले पढ्न पाउने बताउनुभयो । सो कार्यक्रममा सभासद् गुरुङले चित्रेभञ्ज्याङ–२ स्थित बाल सूर्योदय प्राविमा अध्ययनरत पाँच तथा वडा नं ९ स्थित मन प्राविका पाँचजना गरी १० बालबालिकालाई जनही रु एक हजारका दरले छात्रवृत्ति प्रदान गर्नुभएको  थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031