बिहिबार, बैशाख १३, २०८१

पाँचवटै समितिमा सभापतिको उम्मेदवारी मनोनयन दर्ता

 काठमाडौं वैशाख ११, संविधानसभा सचिवालयको पूर्वनिर्धारित कार्यक्रम अनुसार शुक्रबार हुने भनिएको पाँचवटै समितिमा उम्मेदवारी दर्ता भएको छ । समितिले bicc 1 (1)निर्वाचनका लागि आज उम्मेदवारी दर्ता कार्यक्रम सार्वजनिक गरिएको थियो । सोअनुसार संविधान मस्यौदा समितिमा नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला  त्यस्तै संवैधानिक राजनीतिक संवाद सहमति समितिमा एमाओवादी)का नेता डा बाबुराम भट्टराई , संविधान अभिलेख तथा निक्र्योल समितिमा नेकपा एमालेका सचिव विष्णुप्रसाद पौडेल र क्षमता अभिवृद्धि समितिमा मधेसी दलका तर्फबाट लक्ष्मीकुमारी चौधरीको उम्मेदवारी परेको  छ भने नागरिक सम्बन्ध समितिमा साना दलहरूका तर्फबाट प्रमिला राणाले उम्मेदवारी दर्ता गराउँनु भएको संविधानसभा सचिवालयले जनाएको छ ।