शनिबार, बैशाख ८, २०८१

पहिचान र अधिकारसहितको सङ्घीय राज्य एमाओवादीको बटमलाईन : पूर्वप्रम डा बाबुराम भट्टराई

 काठमाडौँ वैशाख ५ ,एमाओवादी)का नेता एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौँ जिल्ला शाखाद्वारा आज यहाँ आयोजित अन्तरक्रिया कायक्रममा बोल्दे पहिचान र अधिकारसहितको सङ्घीय राज्य भएको नयाँ नेपाल बनाउने आफूहरूको ‘वटमलाइन’ भएको बताउनुभएको baburam-bhattaraiछ । त्यस्तै नेता भट्टराईले नेपालमा भाषा, जाति, धर्म, संस्कृति र रीतिरिवाजहरू बेग्लाबेग्लै छन्, छुट्टै पहिचान र सङ्घीय राज्य आवश्यक छ, प्रत्येक भाषाभाषीले अड्डा अदालतमा आफ्नै मातृ भाषाको प्योग गर्न पाउँनु पर्छ भन्दै समान अधिकारसहितको नयाँ नेपाल निर्माण गर्ने दिशामा अगाडि बढ्न आग्रह गर्नु भएको छ।

 नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौँ शाखाका अध्यक्ष नातिकाजी महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा सभासद्हरू रामवीर मानन्धर, प्रभा वज्राचार्य, नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री केशवमान शाक्य, नेपाली काँग्रेसका नेता तीर्थराम डङ्गोल, दबूका सचिव प्रजीत शाक्यलगायतले बोल्न भएको थियो ।