शनिबार, बैशाख ८, २०८१

पत्रकार महासङ्घ सप्तरीमा खतिवडा, बारामा उपाध्याय निर्वाचित

 काठमाडौँ वैशाख ७ नेपाल पत्रकार महासङ्घ सप्तरीको अध्यक्षमा प्रकाश खतिवडा ४५ मत प्राप्त गदै निर्वाचित भएका छन । हिजो अबेर सम्पन्न मतगणनाअनुसार प्रतिद्वन्द्वी जितेन्द्र खड्गालाई चार मत अन्तरले पराजित गर्दै खतिवडा विजयी हुनुभएको हो । यस्तै उपाध्यक्षमा श्रवणकुमार देव, सचिवमा fng logo 1ओमप्रकाश साह, कोषाध्यक्षमा कुमार माझी, सहसचिवमा सुधा देव तथा खुल्ला सदस्यमा भूषर्ण सिंह, सञ्जीवविक्रम साह, विनयकुमार लाल कर्ण र चन्दनकुमार यादव विजयी भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ।

साथै मधेसीतर्फका सदस्यमा रामनारायण यादव आदिवासी जनजातितर्फका सदस्यमा बृजमान तामाङ दलिततर्फको सदस्यमा राजकुमार पासवान र महिलातर्फको सदस्यमा अम्बिका दाहाल निर्विरोध निर्वाचित हुनुभएको छ । भने केन्द्रीय प्रतिनिधिमा व्यासशङ्कर उपाध्याय, श्यामसुन्दर यादव, हेमशङ्कर सिंह, राजेशकुमार झा, मनोहर पोखरेल, वैधनाथ यादव, सुखराम यादव, धीरेन्द्रप्रसाद साह, देवराम यादव, सतिशकुमार दत्त, सुरेन्द्रप्रसाद गुप्ता, भोलाकुमार पासवान, गणेशलाल देव र ढमला भट्टराई विजयी हुनुभएको समाचारमा उल्ल्ेख गरिएको छ ।

यसैवीच नेपाल पत्रकार महासङ्घ बाराको पाँचौँ जिल्ला अधिवेशनबाट कमलप्रसाद उपाध्याय अध्यक्षमा विजयी भएको छ ।   त्यस्तै गरि उक्त अधिवेशनबाट उपाध्यक्षमा राकेश पाण्डेय, सचिवमा जयनारायण यादव कोषाध्यक्षमा भैयाराम साह र सहसचिवमा सञ्जयकुमार तिवारी विजयी हुनुभएको छ ।
यसैगरी सदस्यमा शिवशङ्कर मिश्र, अप्सरा पुडाशैनी, वृजमोहन कुशबाह, पन्नालाल दास, सतिश श्रेष्ठ, पुष्पराज खतिवडा, विदुर खड्का र अजय साह विजयी हुनुभएको छ ।  केन्द्रीय प्रतिनिधिमा सत्यप्रसाद श्रेष्ठ, लक्ष्मी साह, पवन यादव, गम्भीर ठहनी, गोकुल घोरसाइने, रमेश सुवेदी, सुवास साह, गुरु गौतम, रेशम तिवारी रामेश्वर मेहता, भोजराज भट्टराई र सिकन्द पासवान विजयी हुनुभएको प्राप्त   समाचारमा जनाइएको छ