बुधबार, बैशाख १२, २०८१

पत्रकार महासंघको आसन्न महाधिवेशनका लागि युनियनले उम्मेदवारको टुंगो लगायो

काठमाडौं बैशाख १६, नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको आसन्न २४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि  उम्मेदवारहरुको टुंगो लगाएको छ । युनियनको आज  बसेको बैठकले उम्मेदवारको नामावलीलाई अन्तिम रुप दिएको हो । यसअघि क्रान्तिकारी पत्रकार महासंघसँग संयुक्त प्यानल बनाउने प्रयासमा रहेको भए पनि उक्त प्रयास विफल भएपछि युनियनले एक्लै प्यानल बनाएको हो ।10153277_234727860061343_410707785196298663_n

युनियसले अध्यक्षमा यसअघि नै पोषण केसीको उम्मेदवारी घोषणा गरिसकेको छ भने नवघोषित थप पदाधिकारीहरु अन्तगत उपाध्यक्षमा रामजी दाहाल, समावेशी उपाध्यक्षमा अनिता विन्दु, महासचिवमा जगत नेपाल, खुलातर्फ सचिवमा दिलिप थापामगर, एसोसिएटमा प्रकाश थापा र समावेशी सचिवमा गोविन्द परियारलाई उम्मेदवार बनाएको छ । महिला सचिवमा वसुन्धरा गौतम  ,कोषाध्यक्षमा राजेश मिश्रलाई उम्मेदवार छनौट गरेका छन ।

युनियले पूर्वाञ्चल केन्द्रीय सदस्यमा कृष्ण हुमागाईं र भक्तिविलास पोखरेल, मध्यमाञ्चलमा शम्भू गौतम र शीतल महतो, पश्चिमाञ्चलमा खिमानन्द भट्टराई र ओम घायल, मध्यपश्चिमाञ्चलमा राजीव केसी र भीमबहादुर केसी तथा सुदूरपश्चिमको केन्द्रीय सदस्यमा टेकेन्द्र देउवा र माधव धामीलाई उम्मेदवार बनाएको छ ।  त्यस्तै गरि उपत्यकाबाट शिरोमणि ढुंगाना र भूपेन्द्र आचार्य, प्रतिष्ठानबाट नारायण अर्याल र सुवोध गौतम, महिलाबाट प्रतिमा बास्कोटा र सलोजा दाहाल, जनजातिबाट नारायण किलम्बु ,मोहन वान्तवा ,मधेशीतर्फ अजित तिवारी र वनारसी वर्मा र  उम्मेदवार भएका छन् भने लेखा समितिको संयोजकका लागि प्रदिप चापागाईलाई युनियनले उम्मेदवार बनाएको छ ।