बिहिबार, बैशाख १३, २०८१

निर्धारित समयभित्रै संविधान निर्माण हुने नेता नेपालको विश्वास

  धादिङ चैत्र १९, नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आज बिहान प्रेस चौतारी धादिङले आयोजना गरेको पत्रकार सम्मेलनमा पहिलो संविधानसभाले सम्पन्न गरेको ९० प्रतिशत कामको स्वामित्व वर्तमान संविधानसभाले लिएकाले निर्धारित समयभित्रै संविधान निर्माण हुने Madhav-Kumarविषयमा अव कुनै शंका नभएको बताउनुभएको छ ।

वरिष्ठ नेता नेपालले सबै जातजाति एउटै परिवारको रुपमा बसोबास गर्दै आएको हाम्रो देशमा एकल जातीय राज्यको माग र एक मधेस एक प्रदेशको मागलाई समेत दोस्रो संविधानसभाको निर्वाचनमार्फत जनताले अस्विकार गरिसकेकोले अब सङ्घीय प्रदेश र शासकीय स्वरुप निर्धारणमा दलहरूबीच सहमति हुने विश्वास व्यक्त गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ।
त्यस्तै कार्यक्रममा नेता नेपालले एक प्रसंगमा स्थानीय निकायको संरचनालाई बलियो बनाउन पनि स्थानीय निकायको निर्वाचनको मिति तोक्नु आवश्यक रहेको बताउँदै वरिष्ठ नेता नेपालले यसका लागि प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वको वर्तमान सरकारले खुटटा नकमाई निर्णय गर्नुपर्ने बताउनु भएको छ ।