शनिबार, बैशाख ८, २०८१

नयाँ संविधान जारी र शान्ति प्रक्रियाकाको काम पूरा गर्नु सरकारको मुख्य जिम्मेवारी: उपप्रधानमन्त्री गौतम

काठमाडौँ वैशाख ११, उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले स्थानीय निकाय कर्मचारी सङ्घको प्रथम राष्ट्रिय परिषद् बैठकको उद्घाटन सत्रलाइ bamdaveसम्बोधन गर्दै नयाँ संविधान जारी नहुँदासम्म वर्तमान सरकार कायम रहने बताउनुभएको छ । एक वर्षभित्र संविधान जारी गर्ने, स्थानीय निकायको निर्वाचन गर्ने र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नु सरकारको मुख्य जिम्मेवारी भएको उल्लेख गर्दै गृहमन्त्री गौतमले निर्धारित तालिका अनुसार सरकारले कार्य सम्पादन गर्दै आएको बताउनुभएको छ । साथै कार्यक्रममा उहाँले सङ्घमा आबद्ध उत्कृष्ट कर्मचारीलाई सम्मान समेत गर्नु भएको थियो । कार्यक्रम संघका अध्यक्ष हरिकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।