बिहिबार, बैशाख १३, २०८१

तोकिएको समयभित्र लोकतान्त्रिक संविधान जारी गर्न सके मात्र लोकतन्त्र दिवसको सार्थकता रहने :उपप्रधानमन्त्री सिंह

 काठमाडौँ वैशाख ११, रत्नराज्य उच्च माध्यमिक विद्यालयको ५३औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गदै उपप्रधानमन्त्री प्रकाशमान सिंहले २०६२/०६३ को परिवर्तनलाई संस्थागत गर्न निर्धारित समयमै लिखित लोकतान्त्रिक संविधान जारी गरिनुपर्ने बताउनुभएको छ  त्यस्तै कार्यक्रममा उपप्रधानमन्त्री सिंहले images-cms-image-000000477सक्षम नागरिक निर्माणका लागि गुणस्तरीय शिक्षामा जोड दिदै दलहरुले प्रतिबद्धता जनाएअनुरुप आगामी माघ ८ गते लिखित लोकतान्त्रिक संविधान जारी गर्न सके मात्र लोकतन्त्र दिवसको सार्थकता कायम हुने भन्दै संविधानसभाबाट स्रविधान जारी गर्न अधिकतम सहमति गर्ने, त्यो नभए लोकतान्त्रिक प्रक्रियाबाट बहुमतका आधारमा संविधान गरिने बताउँनु भएको छ ।

साथै उहाँले एघार वर्षदेखि स्थानीय निकायको निर्वाचन नहँुदा जनप्रतिनिधिको अभावमा विकास निर्माणका कार्यमा बाधा अड्चन भइरहेको उल्लेख गर्दै एक वर्षमा संविधान त्यसपछि कानुन बनाउन समय लाग्ने भएकाले फेरि अर्को समय खेर जान्छ, त्यसैले अन्तरिम समयका लागि भए पनि स्थानीय निकायको निर्वाचन गराउने प्रक्रियामा सरकार लागिपरेको प्रष्ट पार्नु भएको छ ।  कार्यक्रममा विद्यालयका प्राचार्य डा गीता खरेललगायतका वक्ताहरुले बोल्नु भएको थियो ।