शुक्रबार, बैशाख ७, २०८१

तीन बुँदे सहमतिपछि नेपालवाणी नेटवर्कको प्रशारण सुचारु

काठमाडौं चैत्र १९,पूर्व कर्मचारी पत्रकारहरुको अबरोध पछि बन्द रहेको नेपालवाणी नेटवर्कको प्रशारण सुचारु भएको छ । आन्दोलनरत पूर्व कर्मचारी पत्रकार, व्यवस्थापन पक्षबाट दामोदरप्रसाद दवाडी, प्रदीप घिमिरे र ऋषि धमलाबीच आज   भएको वार्तामा नेटवर्कको प्रशारण शुरु गर्ने सहमति भएको हो । पूर्व कर्मचारी Nepalbani_20140330035833पत्रकार र व्यवस्थापनबीच तीन बुँदे सहमति भएको धमलाले बताए । सहमति अनुसार व्यवस्थापनले चैत २६ गते भित्र भुक्तानी गरिसक्न पर्ने छ । पूर्व कर्मचारी पत्रकारहरुले विभिन्न माग राखेर विगत पाँच दिनदेखि नेटवर्कको प्रशारण ठप्प बनाएका थिए । नेटवर्कको प्रशारणमा अबरोध पुराए पछि आन्दोलनरत पूर्व कर्मचारी पत्रकारहरुको आलोचना समेत भएको थियो । पूर्व कर्मचारी पत्रकारहरुको अबरोधले मुलुक भरिका एक सय भन्दा बढी रेडियोमा प्रशारण हुने नेटवर्कको प्रशारण ठप्प भएको थियो । बाँकी रहेको तलब, भत्ता पाउनु पर्ने माग राखेर शम्भु रेग्मी, टंक खनाल, धिरज बस्नेत, सिन्धु ढकाललगायतका पूर्व कर्मचारी पत्रकारहरु आन्दोलनमा उत्रिएका हुन् ।