बिहिबार, बैशाख १३, २०८१

डिआइजी कोइरालालाई सर्वश्वसहित जन्मकैदको फैसला

 काठमाडौं वैशाख ७ , आफ्नै पत्नीको हत्या गर्ने सशस्त्र प्रहरीका नायब महानिरीक्षक रञ्जनप्रसाद कोइरालालाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश dig-ranjan-koiralaमोहम्मद जुनैद आजादको इजलाशलले मुलुकी ऐन ज्यानसम्बन्धी महलको दफा १३ ९३० बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने फैसला गरेको छ । 

 सो हत्याकाण्डमा मतियारकी रुपमा रहेकी कोइरालाकी प्रेमिका तारा रेग्मीलाई भने एक वर्ष कैद सजायको फैसला सुनाएको अदालतले जनाएको छ। तीन वर्षअघि बुढानीलकण्ठस्थित आफ्नै घरमा रहेकी पत्नी गीता ढकाल कोइरालालाई हत्या गरी मकवानपुरको टिस्टुङ गाविसमा लगेर डिआइजी कोइरालाले जलाएका थिए ।