बिहिबार, बैशाख १३, २०८१

जात्रालाई शान्तिपूर्ण रूपमा मनाउन शान्ति पदयात्रा

भक्तपुर चैत २८, आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सुरु हुनुपूर्व विहीवार बिहान शान्ति पदयात्रा निकालिएको छ । मुख्यगरी भैरवको 554846_461728093898168_1759332972_nरथ तान्ने क्रममा पाँचतले मन्दिर तल र माथिका बासिन्दाबीच ढुङ्गा हान्ने र झगडा गर्ने परम्पराको विकास भएपछि जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न शान्ति पदयात्रा निकालिएको हो । भक्तपुरको पाँचतले मन्दिर प्राङ्गणबाट सुरु भएको पदयात्राले नगरका विभिन्न भागको परिक्रमा गरेकोे थियो । पदयात्रापछि आयोजित सभालाई सम्बोधन गर्दै भक्तपुर जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक लगायतले बिस्केट जात्रालाई शान्तिपूर्ण बनाउन प्रहरीले एक हजार ३०० भन्दा बढी सुरक्षाकर्मी खटाउने, आठ सिसी क्यामेरा जडान गर्ने, स्थानीय रक्सीभट्टी पसल बन्द गराइने तथा झगडा गर्ने र ढुङ्गा हान्नेलाई सार्वजनिक ऐनअन्तर्गत मुद्दा चलाएर कारबाही गरिने बताउनुभएको थियो ।