शनिबार, बैशाख ८, २०८१

जात्रामा हुलडङगा र ढुङ्गामुढा गर्नेमाथि सार्वजनिक मुद्दा

 भक्तपुर वैशाख ७ ,परम्परागत एवम मौलिक जात्राको मर्मलाईनै प्रहार गरि बिस्केट जात्रामा ढुङ्गामुढा गरी हुलदङ्गा गर्ने पाँच जनालाई पक्राउ गरी भक्तपुर nepal prahariप्रहरीले सार्वजनिक अपराध ऐनअन्र्तगत कारबाही गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–११ बस्ने रवीन देउला, भनपा–१३ का सुदीप शिल्पकार, भनपा–५ का उज्ज्वल दुवाल, सिपाडोल–१ का राम तामाङ र भनपा–५ का लक्ष्मण ठिके रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनीहरुलाई वैशाख १ गते बिस्केट जात्राको लिङ्गो ढाल्ने दिन राति ढुङ्गामुढा गरी हुलदङ्गा गरेको र सोही रात विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये ठिकेलाई प्रहरीले प्रहरीले सुकुलढोकामा बा३४प ६७२७ नम्बरको मोटरसाइकल तोडफोड गरिरहेको अवस्थामा रङ्गेहात पक्राउ गरेको बताएको छ ।