बिहिबार, बैशाख १३, २०८१

खगेन्द्र स्मृति पुरस्कार क्षेत्री र हुमागाईंलाई

 झापा चैत २२ , नेपाल प्रेस युनियन झापाद्वारा वितरण गरिने यस वर्षको खगेन्द्र स्मृति पुरस्कार अग्रज पत्रकारद्वय गोविन्दचन्द क्षेत्री र कृष्ण हुमागार्इंलाई प्रदान गरिने भएको छ । रु २५ हजार ५०० नगद राशिको उक्त पुरस्कार नेपाल प्रेस युनियन झापा शाखाको चैत २५ गते हुने आठौँ जिल्ला अधिवेशनका अवसरमा प्रदान गरिने युनियन झापाका अध्यक्ष भीम नेम्बाङले बताउनुभयो । हुमागार्इं झापाबाट प्रकाशित हुने अर्जुनधारा दैनिकका सम्पादक हुनुहुन्छ भने क्षेत्री द हिमालयन टाइम्स दैनिकका झापा समाचारदाता हुनुहुन्छ ।