बिहिबार, बैशाख १३, २०८१

काठमाडौं २ मा आजबाट मतदाता नामावली सङ्कलन सुरु

काठमाडौँ वैशाख १४, काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं. २ मा हुन गइरहेको उपनिर्वाचन प्रयोजनका लागि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्य आजदेखि सुरु भएको छ । यही वैशाख २० गतेसम्म मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गरिसक्ने कार्यक्रम रहेको timthumbजिल्ला निर्वाचन कार्यालय काठमाडौले जनाएको छ ।

यसअघि सम्पन्न विधानसभाको निर्वाचनमा काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं. २ र रौतहटबाट   निर्वार्चित नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले काठमाडौँ जिल्लाको क्षेत्र नं. २  परित्याग गरेपछि निर्वाचन क्षेत्र नं. २ मा उपनिर्वाचन हुँन लागेको हो ।

नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्यअन्तर्गत नाङ्लेभारे, लप्सेफेदी, बज्रयोगिनी, सुनटोल, पुखुलाछी, इन्द्रायणी, डाँछी, मुलपानी, गोठाटार गाविस र काठमाडौँ महानगरपालिकाको वडा नं. ९ र ३५ मा मतदाता नामावली अध्यावधिक गरिनेछ ।  पहिलो चरणमा वैशाख १४ गतेदेखि १६ गतेसम्म सबै गाविसमा तीन दिन र दोस्रो चरणमा वैशाख १८ देखि २० गतेसम्म गोठाटार गाविसको दुईवटा मतदान स्थल तथा कामपाको ९ र ३५ वडाका सबै मतदान स्थलमा तीन दिन गरी दुई चरणमा मतदाता नामावली सङ्कलन कार्य सञ्चालन हुँदैछ । यही वैशाख २० गतेसम्म १८ वर्ष उमेर पुगेका र कानुनबमोजिम योग्य मतदाताले मतदाता नामावलीमा नाम दर्ता गरी उपनिर्वाचनमा मतदान गर्न पाउनेछन् ।