बुधबार, बैशाख १२, २०८१

कांग्रेस आजदेखि दोस्रो चरणको जनजागरण अभियानमा

काठमाडौं वैशाख ७, पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा   नेपाली काङग्रेसको मेची महाकाली जनजागरण अन्तरगत आजदेखि दोस्रो चरणको कार्यक्रम झापाबाट सुरु हुदैछ । झापामा हुने Congress-flagकार्यक्रमका काङग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल लगायतका शिर्ष नेता  शनिवारनै नै झापा पुगी सक्नु भएको छ ।
जनजागरण अभियानकै लागि प्रधानमन्त्री कोइराला पनि जिल्ला दौडाहामा लाग्नु भएको छ । उहाँले सोमवार विराटनगरमा हुँने कार्यक्रममा विशेष सम्बोधन गने बुझिएको छ।
त्यस्तै  दोस्रो चरणको अभियान अन्तरगत मोरङ, राजविराज र विरगञ्जमा त्यस क्षेत्रका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने कार्यक्रम तय भएको नेपाली काङग्रेसले जनाएको छ । त्यस्तै  झापाबाट शुरु हुने अभियान बैशाख ११ गते वीरगञ्ज पुगेर सकिने    नेपाली कांग्रेसले जनाएको छ ।