बिहिबार, बैशाख ६, २०८१

काँग्रेस एमालेका नेताहरुले भने संविधानसभाको अधिकारलाई कुण्ठित पार्ने उच्चस्तरीय राजनीतिक समितिको गठन आवश्यक छैन

 काठमाडौं चैत्र २६, सत्तारुढ नेपाली काङ्ग्रेस र नेकपा एमालेका प्रभावशाली नेताहरुले संविधानसभाको अधिकारलाई कुण्ठित पार्ने भन्दै उच्चस्तरीय ramesh-lekhakpradip-gyawali_20130901051839राजनीतिक समिति गठन गर्नु आवश्यक नरहेको बताएका छन् । रिपोर्टर्स क्लबले मंगलवार राजधानीमा गरेको कार्यक्रममा नेपाली काङ्ग्रेसका रमेश लेखकले संविधानसभा बाहिर छलफल र निर्णय हुने गरि कुनै समिति गठन गर्न नहुने धारणा राख्नुभएको हो । संविधानसभाभित्र सबै पार्टीका शीर्ष नेताहरु रहेको र उनीहरु सदस्य रहने गरी राजनीतिक संवाद समिति समेत गठन गर्ने व्यवस्था भएकोले संविधानसभा बाहिर कुनै समिति बन्न नहुने उहाँको तर्क थियो ।

यस्तै कार्यक्रममा नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले उच्चस्तरीय राजनीतिक समिति गठन भए संविधानसभा र दलहरुवीच द्वन्द्व बढाउने दाबी गर्दे छुट्टै समिति नबनाउन दलहरुलाई सुझाव दिए । संविधान निर्माण बारेको सवै छलफल र निर्णय संविधानसभा अन्तर्गतकै समितिमा हुनुपर्ने भन्दै ज्ञवालीले समिति आवश्यक नरहेको बताए । तर एनेकपा माओवादीका नेता हरिबोल गजुरेलले भने दलहरुले पहिल्यै सहमति बनिसकेकोले उच्चस्तरीय राजनीतिक समिति गठन गर्नुपर्नेमा जोड दिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031