मङ्लबार, बैशाख ११, २०८१

काँग्रेस,एमाले र एमाआवोदीले निषेधको राजनीति गरेको अध्यक्ष थापाको आरोप

 विराटनगर वैशाख १३, राष्ट्यि प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै हिजो Kamal-Thapa-Raprapa-Nepalव्यवस्थापिका संसदमा पारित गरिएको सत्य निरुपण तथा मेलमिलाप आयोगले गम्भीर प्रकृतिका अपराधीलाई पनि उन्मुक्ति दिने बताउँदै जघन्य अपराधका दोषीलाई कानुनअनुसार कारबाही गर्नका लागि राप्रपाले संसद्मा सो मेलमिलाप आयोगको संशोधन प्रस्ताव ल्याएको बताउँनु भएको छ । त्यस्तै अध्यक्ष थापाले काँग्रेस, एमाले र एमाआवोदीले निषेधको राजनीति गरेकाले आफ्नो पार्टीलाई संविधानसभा समितिको सभापति पद नदिएको आरोप संचारकर्मीमाझ लागाएको त्यहाँबाट प्राप्त समाचारमा उल्लेख गरिएको छ ।