शुक्रबार, बैशाख १४, २०८१

करोडौ राजस्व छली गर्ने व्यवसायीलाई कारवाही गर्ने कामपाको तयारी

 काठमाडौँ चैत २४, महानगरपालिकाभित्र व्यापार, व्यवसाय तथा वित्तीय संस्था सञ्चालन गर्दै आएका व्यवसायीबाट करोडौँ राजस्व छली हुने गरेको छ । महानगरपालिकाभित्र सञ्चालनमा रहेका १९८ पार्टी प्यालेस, चार दर्जन बढी बैंक तथा वित्तीय संस्था, ९० फिल्म हललगायतले कर नतिरेको महानगरपालिकाको MG_0097_sjh_kmc-mayor_2070-1भनाइ छ । व्यापारिक मल, वित्तीय संस्था तथा विभिन्न व्यवसायीलाई महानगरपालिकाले कर बुझाउन आग्रह गर्दासमेत आलटाल गर्ने गरेको महानगरपलिकाका कार्यकारी अधिकृत लक्ष्मण अर्यालले जानकारी दिनुभयो ।

कर नतिरी व्यापार व्यवसाय गर्ने करदातालाई कानुनीअनुसार कारबाही गर्ने व्यवस्था छ । सो प्रावधान रहे पनि व्यवसायीले कर छली गरिरहेको कार्यकारी अधिकृत अर्यालको भनाइ छ । सरकारको लक्ष्यअनुसार कर सङ्कलन नहुने सङ्केत देखिएपछि आन्तरिक राजस्व विभागले केही महिनाअघि कर नतिर्ने सम्पूर्ण करदाताको कार्यालयबाट हुने कामकाज रोक्का गर्न निर्देशननसमेत दिएको थियो । “व्यवसायीले कर छली गर्न छाडेका छैनन्, सोचेअनुसारको कर सङ्कलन हुन नसकेपछि ऐनमा भएको नियमअनुसार कारबाही गर्ने तयारी गरिरहेका हौँ”–कार्यकारी अधिकृत अर्यालले भन्नुभयो ।