मङ्लबार, बैशाख ४, २०८१

एमाले नवौं महाधिवेशन भृकुटीमण्डपमा हुँने

 काठमाडौँ चैत२४, नेकपा (एमाले) को महाधिवेशन तयारी समिति सचिवालयको आज बसेको बैठकले पार्टीको आसन्न नवौं राष्ट्रिय महाधिवेशन राजधानीको  प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपको हलमा सुसम्पन्न गर्ने नितिगत निर्णय गरेको छ ।

आगामी जेठ २४ गतेदेखि ३१ सम्म हुँने नेकपा (एमाले)को नवौं राष्ट्रिय महाधिवेशनको लागि सदस्य नवीकरण गर्ने काम तीव्र बनाउने निर्णय गर्नुको अलावा दस्तावेज, मस्यौदा तयारीका साथै अन्य काय प्रयोजनार्थ उपसमितिहरूको चयनलगायत कामकारवाही सम्बन्धमा पनि विशेष छलफल एवम् निर्णय भएको प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले बताउँनु भएको छ ।