बुधबार, बैशाख १२, २०८१

उपनिर्वाचनका लागि नामावली सङ्कलन कार्य सुरु

 कठमाडौं वैशाख १४, आगामी असार ८ गतेका लागि तय गरिएको उपनिर्वाचनका लागि नयाँ र छुटेका मतदाताहरूलाई ध्यानमा राख्दै जिल्ला निर्वाचन कार्यालय चितवनले चितवन क्षेत्र नम्बर ४ मा आजदेखि फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य सुरु गर्ने भएको छ ।   पहिलो चरणको मतदाता VOTERS-ID-CARDनामावली सङ्कलन कार्य यही वैशाख १६ गतेसम्म सञ्चालन हुने जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । पहिलो चरणमा आजदेखि वैशाख १६ गतेसम्म पटिहानी, गीतानगर, शिवनगर, फुलवारी र भरतपुर नगरपालिका वडा नम्बर १३ र १४ का मतदान केन्द्रमा नामावली सङ्कलन कार्यक्रम राखिएको जिल्ला निर्वाचन कार्यालय चितवनलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  त्यसैगरी दोस्रो चरणमा वैशाख १७ देखि १९ गतेसम्म मङ्गलपुर, गुञ्जनगर, शारदानगर र भरतपुर नगरपालिका वडा नम्बर ७, ८ र ९ का मतदान केन्द्रमा मतदाता नामावली सङ्कलनको कार्यक्रम तय भएको समाचारमा जनाईएको छ ।