शुक्रबार, बैशाख १४, २०८१

उपत्यकाभित्र १० जनामा स्वाइन फ्लु संक्रमण रहेको पुष्टि

 काठमाडौं चैत्र १९, दुई महिना अवधिमा काठमाडौं उपत्यकाभित्र १० जनामा स्वाइनफ्लु (एच वान एन वान) संक्रमण रहेको पुष्टि भएको छ। स्वाइन फ्लुको आंशकामा स्वास्थ्य परीक्षण गर्न टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पुगेका १० जनामा यस्तो संक्रमण देखिएको हो। स्वास्थ्य सेवा विभागअन्तर्गत 1558493_678456778856898_2142398104_nमहामारी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यस अवधिमा सात सयजनाको घाँटीको र्‍याल परीक्षण गरिएको थियो। महाशाखाका प्रमुख डा। बाबुराम मरासिनीको भनाइ उदृत गदै आजको अन्नपूर्ण पोष्टले समाचार प्रकाशित गरेको छ ।

उनले सामान्य रुघाखोकी लागेको र ज्वरो आएको भन्दै घर नबस्नसमेत सर्वसाधारणलाई सल्लाह दिए। उनले भने, रुघाखोकी लामो समयसम्म रहन्छ, त्यसलाई बेवास्ता गरिए एच वान एन वानको रूप लिन सक्छ, त्यसैले चुप लागेर बस्नु हुँदैन।

उपत्यकामा एच वान एन वान संक्रमणबाट पछिल्लो चार महिनामा चारजनाको ज्यान गइसकेको छ। संक्रमण पुष्टि भएका बिरामीलाई सरकारले निस्शुल्क औषधि दिने व्यवस्था गरेको छ। पाँच वर्षअघि नेपालमा पहिलोपटक एच वान एन वान संक्रमण देखिएको थियो। सबैभन्दा पहिले सुंगुरमा देखिएको एच वान एन वानको संक्रमण मानिसमा पनि देखिन थाल्नु र यसबाट प्रभावित हुनेको संख्या बढ्दै जानु थप चुनौती भएको छ।