शुक्रबार, बैशाख ७, २०८१

आज मातातिर्थ औशी, जन्मदिने आमाप्रति श्रद्धाभाव प्रकट गर्दै

काठमाडौं बैशाख १६, आज मातातिर्थ औशी अथार्थ आमाको मुख हेर्ने दिन । ममताकी प्रतीक आमाको आशीर्वाद लिने र सम्मान गर्ने दिनका रुपमा आज वैशाख कृष्णपक्ष औंशीलाई मातातीर्थ औंशी पर्वका रुपमा मनाइदै छ ।

943355_179264052230564_387042353_nप्रत्येक वैशाख कृष्णपक्ष औंशीका दिन मनाईने   मातातीर्थ औंशी दिन विशेषगरि छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा लुगा लगाउन र मीठा खानेकुरा खान दिई विभिन्न उपहार सहित जन्मदिने आमाप्रति सम्मान र कृतज्ञता सहित आशिर्वाद थाप्ने चलन छ । त्यस्तै आमाले पनि आफ्ना सन्ताहरुलाई आमाले पनि यस दिन छोराछोरीलाई दिर्घायु, सुस्वास्थ्य र असल जीवनको कामना गर्दै आशिष दिन्छन् । साथै आमा नभएकाहरुले भने आजका दिन राजधानीदेखि १० किलोमिटर पश्चिम-दक्षिणमा थानकोटसँगै रहेको मातातीर्थ कुण्डमा पुगेर त्यहाँ स्नान गरि आफ्नी दिवंगत आमाको स्मरणमा तपर्ण र पिण्डदान तथा पुरोहितलाई सिदा दान र भोजन गराउँदै दिवङगत आमाको सम्झ्ना गर्ने प्रचलन रहेको छ । साथै त्यहाँसम्म पुग्न नसकेकाहरूले कुनै देव वा तीर्थस्थलमा आमाका नाममा ब्राह्मणलाई सिदा दान गर्ने परम्परा रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031