शनिबार, बैशाख ८, २०८१

आजदेखि सुरक्षित मातृत्व अभियान सुरु

काठमाडौँ वैशाख १६, प्रजनन स्वास्थ्यका विविध आयाममाथि समुदायलाई थप जानकारी दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘सुरक्षित मातृत्व हामी सबैको दायित्व’ भन्ने नाराका साथ एकमहिने अभियान आजदेखि सुरु गर्ने भएको छ । सुरक्षित मातृत्वका साथै विशेष गरी mother-child1किशोरकिशोरी, गर्भवती, परिवार नियोजन, सुरक्षित आमालगायत कार्यक्रमका बारेमा पनि अभियानका अवधि जेठ १६ गतेसम्ममा जनचेतनाका विविध कार्यक्रममार्फत समुदायलाई जनाकारी गराईने मन्त्रालयले जनाएको छ । अहिले पनि स्वास्थ्य संस्थामा सुत्केरी गराउनेहरूको सङ्ख्या ४५ प्रतिशतभन्दा माथि जान सकिरहेको छैन । सन् २०१५ सम्ममा मातृ मृत्युदर १३४ मा झार्ने सहस्राब्दी विकास लक्ष्य छ ।

त्यस्तै कायक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले अभियानको शुभारम्भ गर्दै मातृ मृत्युदर शून्यमा झार्न मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारी दिदै उहाँले आमा सुरक्षा कार्यक्रम विस्तार, सुत्केरी गराउने संस्था (बर्थिङ सेन्टर) वृद्धि, सुरक्षित गर्भपतन सेवामा विस्तार गर्न लागिएको पनि बताउनुभएको थियो ।

सांसद आरजु देउवाले सुरक्षित मातृत्वका बारेमा समुदायलाई सचेत गर्न आवश्यक भएको बताउनुभयो । सचिव डा प्रवीण मिश्रले सुरक्षित मातृत्व मानव विकास सूचाङ्क पनि भएकाले मन्त्रालले सुरक्षित मातृत्व कार्यक्रमलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो । परिवार स्वास्थ्य महाशाखाका प्रमुख डा किरण रेग्मीले स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउनेहरूलाई थप उत्प्रेरणा जगाउन अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभएको थियो ।