शनिबार, बैशाख ८, २०८१

आजदेखि राजधानीमा चौथो अन्तर्राष्ट्रिय ट्याटु सम्मेलन सुरु

26-Phoenix-tattoo1 काठमाडौँ वैशाख १२, नेपाल ट्याटु प्रालिको आयोजनामा विभिन्न २० मुलुकका ८० भन्दा बसढ ट्याटु आर्टिस्टको जमघट आजदेखि राजधानीमा सुरु भएको छ । सुरु भएको चौथो अन्तर्राष्ट्रिय ट्याटु सम्मेलनमा २० मुलुकका ८० ट्याटु आर्टिस्टको सहभागिता छ । शरीरका विभिन्न भागमा सियोले खोपेर बनाइएको रङ्गीन आकृतिहरूलाई ट्याटु भनिन्छ ।

तीनदिन सम्म चल्ने ट्याटुसम्मेलनमा ट्याटुसम्बन्धी यथेष्ट जानकारी लिन सकिने बताउँदै नेपाल ट्याटु प्रालिका निर्देशक विजय श्रेष्ठले ट्याटुको माध्यमबाट नेपालको कला, संस्कृतिलाई विश्वसामु परिचित गराउने यस सम्मेलनमा अवसर मिलेको बताउनुभएको छ । यो सम्मेलनले विदेशी कला र नेपाली कलाको आदान–प्रदान गर्ने राम्रो प्लेटफर्मको विकास गरेको पनि उहाँले बताउँनु भएको छ ।