बिहिबार, चैत्र १५, २०८०

आगलागीबाट रु ८५ लाख वरावरको धनमाल क्षति

काठमाडौँ वैशाख १५,   राजधानीको अतिव्यस्त क्षेत्र कोटेश्वरस्थित तरकारी बजारमा आज बिहान भएको आगलागीमा करिब ८५ लाख वरावरको koteshwor-fire--300x183धनमाल क्षति भएको छ । बजारमा बिहान करिब ४ बजे विद्युत् सर्ट भई आगलागी हुँदा निजी क्षेत्रबाट सञ्चालित बजारमा १५ बिक्री कक्षमध्ये ११ वटामा राखिएका आलु, प्याज, लसुन, बन्दा काउलीलगायत तरकारी जलेर नष्ट भएको महानगरीय प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ ।

‘कोटेश्वर प्रहरी प्रभागका अनुसार भएको सूचना पाएपछि सो स्थानमा आगलागी नियन्त्रण तथा सहयोगका लागि सुरक्षाकर्मी खटिएको जनाउँदै दमकल, स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको जनाएको छ ।