शनिबार, बैशाख ८, २०८१

अहिलेकै अवस्थामा संविधान बन्ने संभावना एकदम न्यून :अध्यक्ष थापा

 भक्तपुर वैशाख ६, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपाल कटुञ्जे गाउँ एकाई समितिको पहिलो अधिवेशनको आज उद्घाटन गर्दै kamal thapa 1तीनदलीय सिन्डिकेटबाट संविधान बनेमा त्यो आफूहरूलाई अमान्य हुने बताउनुभएको छ । त्यस्तै उहाँले तीन दलको त्रुटिपूर्ण मार्गचित्र, निषेधको राजनीति र सत्ता लिप्साका कारण पहिलो संविधानसभाबाट संविधान बन्न नसकेको र अहिले पनि यही क्रम दोहोरिँदै आएको बताउँनुभएको छ। 

म्ुालुकको संविधान सबै दलको सहमतिमा संविधान निर्माण होस् भन्ने हाम्रो चाहना हो, तर नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादीले जबरजस्ती आफ्नो एजेन्डालाई मात्र लादेर संविधान निर्माण गरे त्यसलाई स्वीकार्न नसकिने भन्दै नेता थापाले तीन दलले एक वर्षमा संविधान निर्माण गर्ने भन्दै जनतालाई ढाँट्दै आएको विद्यमान अवस्थालाई हेर्नेहो भने अहिलेकै अवस्थामा संविधान बन्ने संभावना एकदम न्यून रहेको बताए ।