बुधबार, बैशाख १२, २०८१

अवरुद्ध संसद सञ्चालन गर्न प्रमुख दलका शीर्ष नेताबीच छलफल

 काठमाडौँ वैशाख ४ , व्यवस्थापिका–संसद्को विद्यमान गतिरोध अन्त्य गर्ने विषयमा प्रमुख तीन राजनीतिक दलबीच छलफल भएको छ । प्रधानमन्त्री कार्यालयमा आज साँझ भएको छलफलमा गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या प्रकरणमा चितवन जिल्ला अदालतले एमाओवादीका 3 dallकार्यकर्तालाई धरौटी जमानीमा रिहा गर्ने आदेश दिइसकेको सन्दर्भमा संसद्मा अवरोध कायम राख्न नहुने भन्दै प्रधानमन्त्री सुशील कोइरालाले तत्काल अवरोध खुलाउन आग्रह गर्नुभएको बुझिएको छ ।

तर प्रमको यस्तो आग्रहलाई नर अन्दाज गदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले धरौटी जमानीमा छोड्नेभन्दा पनि मुद्दा फिर्ता लिनुपर्ने अडान अभिव्यक्त गरेको थाह भएको छ । त्यस्तै बैठकपछि पत्रकारहरुलाइ बैठकका सम्बन्धमा संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले पक्राउ परेका आफ्ना कार्यकर्तालाई धरौटीमा रिहा गर्ने भन्दा पनि उनीहरुमाथि लागेको मुद्दा फिर्ता नलिएसम्म संसद चल्न नसक्ने बताउँनु भएको थियो । 

 बैठकमा प्रधानमन्त्री कोइराला, उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतम, सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीमप्रसाद आचार्य, नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल ,महामन्त्री कृष्णप्रसाद सिटौला, नेता पूर्णबहादुर खड्का,ए मालेका अध्यक्ष झलनाथ खनाल, सचिव विष्णु पौडेललगायत हुनुहुन्थ्यो सहभागी हुनुहुन्थ्यो ।बैठक शुक्रबार पुनः बस्ने छ ।

कृष्णप्रसाद हत्या प्रकरण : दुई आरोपित धरौटीमा रिहा

यसैवीच चितवन जिल्ला अदालतका मुख्य न्यायाधीश विनोदमोहन आचार्यको एकल इजलासल कृष्णप्रसाद अधिकारी हत्यामा संग्लन भनिएका र हालसम्म फरार रहेका ११ जना अभियुक्तलाई पक्राउपुर्जी र म्यादी पुर्जी जारी गर्ने फैसला सहित उक्त अभियोगमा पक्राउ परेका छविलाल पौडेल र भिमसेन पौडेललाई धरौटीसहित तारेखमा रिहा गरेको छ । आरोपित छविलाल पौडेललाई रु बीस हजार र भिमसेन पौडेललाई रु सत्ताइस हजार धरौटीमा रिहा गर्ने आदेश भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।