शुक्रबार, चैत्र १६, २०८०

अनावश्यक वैदेशिक सहयोग लिने कार्य रोक्न प्रधानमन्त्री कोइरालाको निर्देशन

काठमाडौँ वैशाख १४,प्रधानमन्त्री सुशील कोइरालाले अनावश्यक वैदेशिक सहयोग लिने कार्य रोकी आवश्यक काममा मात्र सहयोग लिने व्यवस्था मिलाउन सचिवहरुलाई निर्देशन दिनुभएको छ । विभिन्न मन्त्रालयका सचिवहरुलाई सामूहिकरुपमा आज निर्देशन दिँदै प्रधानमन्त्रीले मुलुकको राष्ट्रिय susilप्राथमिकता र हित बाहिर सञ्चालन हुने गतिविधिमा विदेशी सहयोग निरुत्साहित गर्नेगरी काम गर्न निर्देशन दिनुभएको हो ।

त्यस्तै प्रम कोइरालाले सचिवहरुलाई विकास बजेटका लागि विनियोजित बजेट मध्ये एक तिहाइ मात्र खर्च भएकोमा असन्तुष्टि जनाउँदै विकास बजेट समयमै खर्च हुने गरी कार्यतालिका बनाउँदै कार्यक्षेत्रमा खटिन सचिवहरुलाई निर्देशन दिनुको अलावा कार्यकारिणी प्रमुखको जिम्मेवारी सम्हालेको ७६ दिन बित्दा पनि आफूले मन्त्रालयबीचको आपसी समन्वयको स्तर उच्चकोटीकोे पाउन नसकेको भन्दै प्रधानमन्त्रीले अवसरमा असन्तुष्टि व्यक्त गरेको थाह भएको छ ।
साथै प्रधानमन्त्री कोइरालाले प्रशासननिक र भौतिक पूर्वाधार निर्माणका संरचनामा बजेट विनियोजन गर्दा मुलुक सङ्घीय संरचनामा जाने कुरालाई ख्याल गर्नसचेत गराउँदै बजेट जनमुखी, विकासमुखी परिणाममुखी र यथार्थमा आधारित, व्यावहारिक र ऐतिहासिक बनाउन के गर्न सकिन्छ त्यसैअनुरुप काय सम्पादन गर्न भन्दै अपराधी गुण्डागर्दी, ठगीमा संलग्नलार्ई कारबाही गरी शान्ति सुरक्षा मिलाउनु सरकारको प्राथमिकता भएको भन्दैे शान्ति सुरक्षा सुनिश्चित गर्न सूचना संयन्त्र प्रभावकारी र कार्यान्वयन संयन्त्र दरो बनाउन सुझाव दिनुभएको बुझिएको छ