मङ्लबार, अशोज १६, २०८०

सुरुङभित्र बेपत्ता मजदुरको शव निकालियो,केहिको अवस्था अझै अज्ञात

  पोखरा वैशाख १४,  कास्कीको सिल्दुजुरे –९ बाहुनडाँडामा निर्माणाधीन माथिल्लो मादी जलविद्युत् आयोजनाको सुरुङ खन्ने क्रममा माथिबाट पहिरो आई imagesथुनिएर बेपत्ता भएका स्काभेटरका चालक सुजन गुरुङको शव शनिबार साँझ बाहिर निकालिएको छ । तनहुँ दुलेगौंडा घर भएका गुरुङको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बेपत्ता हुने उदयपुर जिल्ला चौधन्नी गाविसका अन्य दुई मजदुर नगेन्द्र तामाङ र अर्जुन तामाङको खोजी भइरहेको छ ।

उनीहरु बेपत्ता भएको धेरै समय भइसकेकाले जीवित रहने अवस्था क्षीण बन्दै गएको प्रहरीले जनाएको छ । थुनिएर सम्पर्कमा आएका १३ मजदुरलाई भने १३ घन्टापछि सकुशल उद्धार गरी बाहिर निकालिएको थियो । बेपत्ता दुई मजदुरको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय जनतासमेत १५० जनाको टोली कार्यरत रहेको बताइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031