मङ्लबार, अशोज १६, २०८०

सरकारले खराब काम गरेको छैन : मन्त्री रिजाल

  नेपालगन्ज  वैशाख ३,सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता डा. मीनेन्द्र रिजालले संसदमा प्रस्तुत सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमा कारबाही र सबैलाई माफीको बुँदा नरहेकाले आन्दोलन गर्छु भन्नुको कुनै औचित्य नरहेको बताउनुभएको छ ।  नेपाल प्रेस safe_imageयुनियन बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘विधेयकअन्तर्गत गठन हुने आयोगको छानविनपछि आउने प्रतिवेदनका आधारमा समाधानमा जान सकिन्छ ।’

‘विधेयक सन्तुलित छ, एउटा एउटा घटना कोट्याएर संसद अवरुद्ध गर्छु भन्नु अशोभनीय हुन्छ’, उहाँको थप भनाइ थियो – ‘आन्दोलन गर्छु भन्ने दलले बुभ्mनुपर्छ, दलहरूबीचको सम्बन्धमा कटुता आयो भने संविधान निर्माणमा ढिलाइ हुन्छ ।’ उहाँले भन्नुभयो, ‘अहिले सबै दल तोकिएको समयभित्र संविधान जारी गर्नुपर्छ भनी सकारात्मक देखिएकाले म यसप्रति ढुक्क छु ।’

संविधानसभा बाहिरका दललाई पनि संविधान निर्माण प्रक्रियामा सहभागी बनाउन छलफल गरिने बताउँदै मन्त्री डा. रिजालले तर, आवरणको कुरालाई प्रतिष्ठाको विषय हामी बनाउँदैनांै, संविधान निर्माणका विषयमा भने नेकपा–माओवादीसँग छलफल गर्न सकिन्छ भन्नुभयो । उहाँले संविधान लेखन प्रक्रियामा आउने विमतिका मुद्दामा सहमतिका लागि छलफल हुन्छ, तर जनमत सङ्ग्रहमा जाने बाटो भने त्यति सहज हुँदैन भन्नुभयो । मन्त्री रिजालको थप भनाइ थियो – ‘संविधानसभा पनि पूर्ण छ, सरकार पनि पूर्ण छ, सरकारको काम अहिले विस्तारै भएको जस्तो लागे पनि यो सरकारले खराब काम भने गरेको छैन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031