
काठमाडौं वैशाख १, बाग्मती नदी सफाइ अभियानको नेतृत्व गरेका नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलसहितका उच्च अधिकारीले आज बाग्मती नदीमा नुहाएर नयाँ सुरुवात गरेका छन् । उनीहरुले लगातार बाग्मती नदी सफाइमा सहभागी भइ नयाँ वर्षसम्ममा बाग्मती नुहाउन योग्य बनाउने अठोट गरेका थिए । नुहाउने कार्यक्रम गुह्येश्वरी घाटमा आयोजना गरिएको थियो । स्नान गर्नुअघि मुख्यसचिव पौड्यालले वाग्मती नदी सफाइमा निरन्तर लाग्ने प्रतिबद्धतासहितको शपथ खुवाउनुभएको थियो । स्वयम्सेवाको अभियानका रुपमा सुरु गरिएको वाग्मती सफाइमा दिन प्रतिदिन नागरिक सहभागिता बढ्दै गएको अवस्थामा पछिल्लो दिनमा उल्लेख्य सुधार आएको छ ।
[youtube 3EEYl_5btsU]