
चितवन वैशाख १३, पूर्व राजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाह प्रतिष्ठानले चितवनको नारायणगढमा आज आयोजना गरेको अभिनन्दन कार्यक्रममा बोल्दै राजनीतिक अन्यौलका कारण मुलुक कमजोर भएको बताउनु भएको छ । साथै उहाँले सम्बोधनको क्रममा जनताद्वारा निर्वाचित प्रतिनिधिमार्फत संविधान निर्माणका क्रममा केहीको मात्र हैकम हुनुहुन्न भन्दै संविधानसभाले सबैका विचार मान्यता र आस्थाको सम्मान गद कसैप्रति विभेद र खेदको दृष्टि राख्नुनहुँने बताउँनु भएको छ । त्यस्तै आफूसँगको भेटमा जनताले राजनीतिक परिवर्तनप्रति असन्तुष्टि पोख्ने गरेको उहाँले बताउनुभयो । सङ्क्रमणकाल लम्बिएको, दण्डहीनता बढेको, शान्ति सुरक्षा कमजोर भएको तथा देशको गिर्दो अवस्थाप्रति जनताले गम्भीर गुनासो गर्ने गरेको उल्लेख गर्दै पूर्वराजा शाहले राज्य पुनःसंरचना गर्दा राष्ट्रियता र जनताबीचको एकतालाई ध्यान दिनुपर्ने बताउनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ।

पुर्व राजा ज्ञानेन्द्र शाहद्वारा पृथ्वी नारायण शाह स्मृती प्रतिष्ठानमा दिएको लिखित मन्तब्य जस्ताको त्यस्तै
उपस्थित विशिष्ठ ब्यक्तित्वहरु तथा सह हृदयी महिला तथा सज्जनबृन्द्र मुलुकको समय सान्दर्भिक धार्मिक कर्म कृत्यको क्रममा घुम्दै जादा म आज यो समारोहमा आई पुगेको छु नेपालको समग्र जिल्ला जस्तै ठानिने चितवन जिल्लाको भरतपुर आएर पृृथ्वी नारायण शाह स्मृति प्रतिष्ठानले आयोजना गरेको यो बैचारीक समारोहमा संलग्न हुन पाउदा मलाई हर्ष लागेको छ यो सिंगो सवल र सुन्दर नेपाल राष्ट्रको संरचना श्री पाच महाराज धिराज पृथ्वी नारायण शाहवाटै भएको हो यो एतिहासिक यथार्थ कोही कसैवाट खण्डित हुन सक्दैन वहाको त्यहि विशिष्ठ राष्ट्रिय देनलाई दिलै देखि ध्यान दिएर यस प्रतिष्ठानवाट भई आएका र हुदै गएका राष्ट्रिय महत्वका बैद्धिक वैचारिक र सामाजिक काम कारवाहीको लागी म धन्यवाद प्रकट गर्दछु । आज यो प्रतिष्ठानले आयोजना गरेको हाम्रो विद्धमान राष्टिय सन्दर्भको विवेचनात्मक वैचारिक कार्यक्रममा गहन चिन्तन प्रस्तुत गर्नु हुने राजनितिक सामाजिक एवं प्रज्ञीक क्षेत्रका ब्यक्तिहरु प्रति पनि म सम्मान भाव ब्यक्त गर्दछु राष्ट्रियता राष्ट्रिय सरोकार र राष्ट्रिय विषय वास्तविकताका वारे हामी सबैको उच्च दयित्व हुन्छ र हुनु पनि पर्दछ । त्यसो भएन भने विशाल भावना द्वारा वनेको यो सिंगा राष्ट्रको अस्तित्व विच्किन सक्दछ र हाम्रो भावी सन्ततिले हामीलाई तिरस्कार गर्नेछन यहि भावना अनुरुप सात वर्ष अघि मैले प्रसस्त मार्ग चित्र दिएको पनि हु ।
प्रकृति र राजनितीमा परिवर्तन एक स्वभावीक प्रकृया हो । प्रकृति वदलि रहन्छ र राजनीतिमा पनि उतार चढाव भई रहन्छ समयको यो नियमलाई हामी सवैले मनन गर्नै पर्दछ । नेपाली राजनिती र राज्य ब्यवस्था पनि सदा परिवर्तन सिल छ तर त्यस्ता अनेक परिवर्तन वा फेरवदलले समयक्रममा के कति गति लिन सक्यो र त्यसले के कस्तो उचित परिणाम दिन सक्यो भन्ने कुरा समिक्षाको रुपमा रहन्छ र रहनु पर्दछ ।
यताका ७,८ वर्ष देखि हामि जुन स्थीतीमा छौ , त्यो पनि हाम्रो अघिल्तीर खुलस्त छ । सचेत जागरुक नेपालीले यो अवधीको जस प्रकार मुल्याकंन गरि रहेका छन त्यसै बमोजिम मैले पनि त्यस्को सचेस्ट विश्लेषण गर्दै आएको छु । कतै जादा हेर्दा बुझ्दा र जनताद्वारा अभिब्यक्त धारणा सुन्दा मलाई विद्धमान अवस्था प्रति निरन्तर जिज्ञासा रहनु स्वभावीक पनि हो । राष्टको स्वाभिमान, स्वतन्त्रता, सम्मान र समुत्थानका निम्ती मैले त्यस्तो उत्सुकता राखि दिए हुन्थ्यो भन्ने मैले जन भावना पाएको छु ।
नेपालको राष्ट्रियताको रक्ष्ाँ हामे्रा अहम सवाल हो हाम्रा पुर्खाले पौरख गरेर जोडेको र जोगाएको राष्ट्रको स्वतन्त्र अस्थित्वलाई हामीले किमार्थ पनि धरापमा पार्नु हुदैन । हामीले आफ्नो वाटो आफै तय गर्नु पर्दछ हाम्रो आफ्नो विधि विधान ब्यवस्था र वन्दोवस्त हामैै्र आफ्नै ब्रह्मद्वारा वनाईनु पर्छ । कतिपय नेपाली जनताले अहिले यसमा पनि कता कता तितो अनुभव गरेको कुरा मैले बुझेको छु । त्यस्तो भयो भने बिश्वका केहि भू खण्डमा भई आए जस्तो आफ्नो मौलिक तथा ऐतिहासिक गौरव गाथामा नै आच आउने हो कि भन्ने पनि सचेत स्वाभिमानी नेपालीहरुको आशंका पाईन्छ ।
हो , अहिले हाम्रो मुलुक जनताले चुनेका र जिम्मेवार राजनितिक दलहरुले तोकेका प्रतिनिधिहरु मार्फत नया संविधान तयार गर्ने प्रयासमा लागेको छ । संविधान सभा जस्तो गरिमामय निकाय, राष्ट्रको मुल कानून निर्माण गर्ने कार्यमा संलग्न देखिन्छ । तर यस्तो महत्वपूर्ण विषयको निरोपण गर्दा केहिको मात्र हैकम रहनु हुन्न भन्ने अन्तरध्वनी पनि मैले सुनेको छु । सवै विचार , भावना , मान्यता र आस्थालाई समेटने र त्यो सर्व ग्रह्य एवं सर्व स्वीकार्य होस भन्ने कुरामा ख्याल राखिनु पर्छ भन्ने जन आवाज सुनिन्छ ।
प्रजातान्त्रीक खुला समाजमा गरिने विधि , निती र ब्यवस्थाका यावत निर्णयहरु पारदर्शी तवर मै हुनु पर्दछ यसमा कतै कसै प्रति उसै निषेध , विवेध र आक्षेपको दृष्टि राखिनु उचित हुदैन राष्ट्रिय सान र सम्मानको जगेर्ना गर्ने गरि हाम्रो आगामी मार्ग रेखा कोरिनु पर्दछ अनि मात्र त्यो हाम्रो सिंगो नेपाल र राम्रो नेपाल स्वच्छ रुपमा झल्कीन सक्दछ यहि भावना झल्काउने र राष्ट्रको जिवन्तता र गहनता राख्ने विषयमा मेरो सजक भूमिका रहोस भन्ने कतिको भावना पनि मैले पाएको छु ।
कतै जादा घुम्दा धर्मकर्म र सर सम्पर्क गर्दा सर्वसाधारण नेपालीहरुले देशको गिरदो अवस्था वारे म संग गंभीर गुनासो गर्ने गर्दछन । उनिहरुको अर्को गुनासो भनेको नेपाल शब्दमा परिवर्तन आयो तर सारमा सुध्रेन भन्ने मैले पाएको छु । विउ जस्तो रोपियो फल उस्तै पाउछ भने जस्तो महगंी वढ्यो, संकर्मणकाल लम्वीयो , दण्डहिनताले सिमा नाध्यो, देश दिशा हिन भयो, सुख सान्ती र सुरक्षा भएन भन्ने धेरैको कथन पनि मैले सुनेको छु । अनि अव वन्ने संविधान कस्तो हुने हो त्यसले हाम्रो जस्तो विवधता वोकेको देशमा कसरि एकता ल्याउने हो भन्ने गन्थन मन्थन पनि मैले कतिपयवाट सुने बुझेको छु । राष्ट्रको एकता खण्डित हुन थाल्यो , सामाजीक सदभाव खलवलिन थाल्यो , मुलुक अन्योलमा अलमलिदै गयो , भोलिको भविश्य के हुने हो भन्ने डर लाग्दो अवस्था वन्दै गयो भन्ने खालका चिन्ता र चासो मैले निकै सुनेको छु ।
त्यसै गरि हाम्रो धर्म संस्कृति लोप हुन लाग्यो हाम्रा रिति पद्धति र हाम्रा परम्परामा आच आउन थाल्यो , विकृति विसंगति वढयो भन्ने खालका ब्याथा वेदना पनि हाम्रा विविध जातजाती भाषाभाषी भेषभुषाका ब्यक्ति विशेषमा रहेको मैले पाएको छु ।
एकता , शान्ती , एकिकरण निर्माण, समन्वय र लोक हितकारी आदर्शको आडमा रहेको ऐतिहासिक राजतन्त्र त्यसको पदचापमा रहेको हैसियत अनुरुप नै म संग नेपाली नागरिकहरुवाट त्यस्तो गन्थन मन्तन ब्यक्त भएको हो भन्ने कुरा मेरो अन्तर हृर्दय बुझ्दछ ।
त्यसैले म चाहान्छु हाम्रा पुर्खाले खडा गरेको , हाम्रा विरविरागांनाहरुले सदा जोगाएर राखेको र हाम्रा विद्धान , विदुसि, चिन्तक, दुरदर्शी सर्जकहरुले शान्ती, समन्वय र विशिष्ठ आदर्शमा साचेर संगालेको यो नेपाल अटल , अखण्ड र अविभाज्य रहि रहोस अनि अनेकताको नेपाल भित्र सदा एकताको नै राज होस ।
फेरि म चाहान्छु हाम्रो धर्म , संस्कृति , रितिरिवाज र हाम्रा आदर्श आस्थाका सवै गतिविधि निरन्तर संपोसित होउन , तिनमा कतै कुनै विचलन नआओस । हिमाल, पहाड र तराई मिलेर अनेक रंग रौनक वोकेर र अनेक थरि धार्मिक सास्कृतिक आदर्शलाई संगालेर परस्परको साझा नेपालीपनमा रहेको नेपाल भित्र त्यस्तो कुनै आर्को अन्यथा दुस्चक्र नचलोस ।
अझै म चाहान्छु, नेपालको नया विधि, विधान र ब्यवस्थामा देशका तमाम जातजाती , वर्ग , सम्प्रदाय, समुह तथा समुदाय सवैको साझा हिस्सेदारी रहोस । सवैलाई समेटेर लैजाने , सवैको हित संरक्षण गर्ने , सवै राष्टिय मुल वाटोमा अटाउने र सवैको संलग्नता रहने वान्छीत विधि पद्धति नै हाम्रो आजको आवश्यता हो ।
अनेक भएर पनि एकतावद्ध हुने, विविध वनेर पनि संयोजित भएर रहने हाम्रो आफ्नो मौलिकपन हो अरु कसैको सिको गरेर वा केवल शाब्दीक वहकावमा लागेर मात्र हाम्रो यथार्थ भूधरातलिय तथा मौलिक अवस्थाको सहि संवोधन हुन सक्दैन भन्ने मलाई लाग्दछ । त्यसैले हामै्रा आफ्नो छुटै ईतिहास , दर्शन, दृष्टिकोण र सामाजिक स्वरुपलाई गहिरो संग बुझेर मात्र हामीले हाम्रो भावी संरचनाको स्वरुप निर्धारण गर्न सक्नु पर्दछ । अन्यथा हाम्रो वलियो सुदृढ राष्ट्रियता तथा एकताको पहाडमा पहिरो जान सक्छ र धेरै धेरै सुन्दर फुलहरु उनिएर वनेको माला छिरलिन सक्दछ ।
अन्तमा , प्राकृतिक श्रोत , ईतिहास, संस्कृतिक र सामाजिक सभ्यताका दृष्टिले हामी निक्कै सम्पन्न छौ तर अस्थीर ब्यवस्था निरन्तरको अब्यवस्था तथा राजनितीक अस्त ब्यस्तका कारण हामी निक्कै कमजोर हुन पुगेको छौ । यस्तो विकार , बिकृति संगै हाम्रो अर्थ निति पनि निरन्तर धरापमा पर्दै गएको विद्धमान अनुभूती छ । हाम्रा लाखौ होनहार युवा जनशक्ति अहिले काम र दामका लागी विदेशीन वाध्य छन त्यसैले आत्मनिर्भर अर्थतन्त्र , राष्टिय श्रोत साधनको उचित परिचालन, उत्पादनमा बृधि , न्यायोचित वितरण , अनुशासित आर्थिक आचरणको अवलम्वन गरेर हामीले संग्लो मौलिक राजनितीक पद्धति दारा हाम्रो आफ्नो पहिचान वनाउन र वचाउन सक्नु पर्दछ । यसमा नै नेपालको प्रगति एंव विकास र नेपालीको भविश्य सुखद देखिन्छ ।
श्री पशुपतिनाथले हामी सवैको कल्याण गरुन ।
जय नेपाल ।