काठमाडौँ चैत ३०, इटहरीमा सम्पन्न नेपाल प्रेस युनियनको सातौ अधिववेशनबाट अध्यक्षतामा निर्विरोध निर्वाचित केन्द्रीय अध्यक्ष किरण पोखरेलले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । गत चैत २६ गते हेटौंडामा सम्पन्न केन्द्रीय समितिको बैठकपछि नेपाल पत्रकार महासङ्घको तयारीका लागि भन्दै सुदूरपश्चिमसम्मको भ्रमण गरी शनिबार मात्र काठमाडौँ आइपुग्नुभएका अध्यक्ष पोखरेलले राजीनामा दिनु भएको हो । त्यस्तै उहाँको राजीनामापछि आकस्मिकरूपमा बसेको युनियनको बैठकले राजीनामा सम्बन्धमा पुनःविचार गर्न आग्रह गरे पनि उहाँले ‘खराब प्रवृत्तिविरुद्ध आफ्नो राजीनामा आएको हो भन्दै कुनै हालतमा फिर्ता नहुने बताउनुभएको छ ।