शुक्रबार, मंसिर १५, २०८०
Dashain

युनियन अध्यक्ष पोखरेललाई तालावन्दीको चेतावनीसहित ६ बुंदे ज्ञापन (ज्ञापनपत्र सहित )

काठमाडौं बैशाख १४, नेपाल पत्रकार महासंघको आसन्न २४ औ महाधिवेसनको मिति जतिजति नगिचिदै छ त्यतिनै पत्रकारिता वृतमा पत्रकारहरुको दौडधुप तिव्रगतीमा बढेको छ । आसन्न् महाधिवेसनकै लागि प्रत्याशी उम्मेदबारको छनौट गर्ने क्रममा नेपाल प्रेस युनियनले वन्द कोठामा बसेर उम्मेदवार छनौट गरिन लागेको भन्दै युनियन निकट पत्रकारहरुले आज यसको विरोध स्वरुप युनियन अध्यक्ष किरण पोखरेललाई केन्द्रीय कार्यालयमा तालावन्दिको चेतावनीसहित ६ बुंदे ज्ञापनपत्र बुझाएका छन ।

photo : Keshu Nepal face book

ज्ञापनपत्रमा पत्रकार महासंघको केन्द्रीय समितिको लागि बामपन्थी पत्रकारहरु एकजुट भएर आफ्नो प्यानल घोषणा गरिसकेको अवस्थामा नेपालको सबैभन्दा पुरानो प्रजातन्त्रवादी पत्रकाहरुको संस्था नेपाल प्रेस युनियनमा गुटवन्दिका कारण प्यानल घोषणा गर्न नसकेको आरोप लगाइएको छ । ज्ञापनपत्र बुझाउन महासंघका पूर्व कोषाध्यक्ष रमेश विष्ट, रामप्रसाद दाहाल, ऋषि धमला, कुवेर चालिसे, यम विरही , भुवन केसी, केसु नेपाल, ओमबन्धु कार्की, राधेश्याम दाहाल, छायांचन्द्र भण्डारी, अर्जुन मैनाली, सुचित्रा श्रेष्ठ, गोविन्द परियार, खिला कार्की लगायतका तीन दर्जन पत्रकारहरु वोधार्थ प्रधानमन्त्री तथा कांग्रेसका सभापति सुशिल कोईराला, वरिष्ठ नेता शेरबहादुर देउवा, प्रचार विभाग प्रमुख समेत रहेका सञ्चारमन्त्री मिनेन्द्र रिजाल तथा प्रवक्ता दिलेन्द्रप्रसाद बडुलाई दिइएको छ । त्यस्तै ज्ञापनपत्रमा उल्लेख गरिएका मागहरु यथासिघ्र संम्वोधन गरेर उम्मेदबार घोषणा नगरे प्रेस युनियनको गरिमा र अधिकार रक्षाका लागि हामी युनियनको केन्द्रीय कार्यालयमा तालावन्दी गर्ने लगायतको कठोर निर्णय गर्न बाध्य हुने छौ, ज्ञापनपत्रमा भनिएको छ ।

युनियनको केन्द्रिय कार्यालयमा बुझाइएको ज्ञापनपत्र जस्ताको त्यस्तै
श्रीमान् अध्यक्ष,
नेपाल प्रेस युनियन,केन्दीय कार्यसमिति, काठमाडौं

विषय : ज्ञापनपत्र बारे

महोदय,
उपरोक्त सम्वन्धमा नेपाल पत्रकार महासंघको आशन्न महाधिवेशन यही बैशाख २० र २१ गते काठमाडौंमा हुन गहिरहेको विषय यहाँलाई जानकारी नै छ । अहिलेको संक्रमणकालिन अवस्थामा सबैभन्दा वलियो पेशागत संस्थाको नाताले महासंघमा हामी लोकतन���त्रवादी पत्रकारहरुको जित हुनै पर्ने बाध्यात्मक अवस्था छ ।
पत्रकार महासंघको केन्द्रीय समितिको लागि बामपन्थी पत्रकारहरु एकजुट भएर आफ्नो प्यानल घोषणा गरिसकेका छन् । तर नेपालको सबैभन्दा पुरानो हामी प्रजातन्त्रवादी पत्रकाहरुको संस्था नेपाल प्रेस युनियनले भने अझैसम्म आफ्नो प्यानल घोषणा गर्न सकेको छैन । संविधानसभा माफर्त नयाँ संविधान निर्माणको प्रक्रिया सुरु भएको अहिलेको अवस्थामा संविधानसभाको कामलाई समेत ‘वाचडग’को रुपमा हेरेर त्यसमा लोकतान्त्रिक विधिबाट विरोध र समर्थन गरी जनमानसलाई सुसुचित गर्ने निकाय राज्यको चौथो अंगको नाताले मिडिया नै हो । यस सन्दर्भमा एउटा मात्रै लोकतान्त्रि पत्रकाहरुको संस्थाको नाताले महासंघमा आफ्नो प्यानललाई जिताउन नेपाल प्रेस युनियनको अहम भुमिका र दायित्व समेत छ । तर पछिल्लो समय युनियनले उम्मेदबार छनोटका विषयमा अघि बढाएका छलफलहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्ष भएको छ । युनियनले आफ्नो केन्द्रीय समिति हुदा हुदै त्योभन्दा बाहिर छलफल गरेर उम्मेदबार छनोटमा प्रभावित भएको हामीलाई आभाष भएको छ । युनियनमा केन्द्रीय कार्यासमिति र कार्यसम्पादन समिति हुदा हुदै केही व्यक्तिहरुलाई निर्णयक मानेर महासंघको उम्मेदबार छनोट गर्न लागेकोप्रति हाम्रो गम्भीर असहमति छ ।
श्रमजिवि पत्रकारहरुको हकहितमा काम गर्न नेपाल पत्रकार महासंघमा जाने व्यक्तिहरु आमपत्रकारविच लोकप्रिय, अनुभवि, योग्य र क्षमतावान हुनु जरुरी छ । तर अहिले जुन हिसावले महासंघको उम्मेदबार चयनमा युनियनबाहिरबाट छलफल भएको छ त्यो हामीलाई मान्य छैन ।
तसर्थ, निम्न बमोजिमका हाम्रा मागहरु एथासिघ्र संम्वोधन नभए हामी चरणवद्ध आन्दोलन गर्न बाध्य हुने जानकारी यसै ज्ञापनपत्र मार्फत गराउन चाहन्छौ ।
मागहरु :
१. नेपाल पत्रकार महासंघको उम्मेदवारी चयन गर्ने पहिलो दायित्व नेपाल प्रेस युनियनको हो । अतः अवैधानिक र बन्द कोठामा बसेर निर्णय गरिएमा हामीलाई मान्य हुने छैन ।
२.उम्मेदबार तय गर्दा व्यक्तिगत पहुँच र सम्पर्कलाई आधार बनाइयो भने त्यो दुभाग्यपूर्ण हुनेछ ।
३. उम्मेदबार तय गर्दा लोकप्रियता, योग्यता, क्षमता, एजेण्डा र विगतमा संगठनलाई पु-याएको योगदानलाई मुख्य आधार बनाइयोस् ।
४. उम्मेदबार छनोट गर्दा सरकारको निजामति सेवामा जस्तो पदउन्नतीको शैली रोकियोस् ।
५. उम्मेदबारी तय गर्दा समावेशी सिद्धान्त अपनाइयोस् ।
६. उम्मेदबारी तय गर्दा विगतमा श्रमजिवि पत्रकारको हकहितमा लागे/नलागेको विषयमा समिक्षा गरियोस् ।

माथि उल्लेखित मागहरु एथासिघ्र संम्वोधन गरेर उम्मेदबार घोषणा नगरे प्रेस युनियनको गरिमा र अधिकार रक्षाका लागि हामी युनियनको केन्द्रीय कार्यालयमा तालावन्दी गर्ने लगायतको कठोर निर्णय गर्न बाध्य हुने छौ । त्यसबाट हुने क्षतिको जिम्मेबारी अहिले अदृष्य रुपमा चलखेल गरिरहेका केही व्यक्तिहरु र प्रेस युनियन केन्द्रीय समितिले लिनेछ ।
बोधार्थ
सुशील कोइराला, सभापति, नेपाली कांग्रेस
शेरबहादुर देउवा, वरिष्ठ नेता, नेपाली कांग्रेस
मिनेन्द्र रिजाल, प्रचार–प्रसार विभाग प्रमुख, नेपाली कांग्रेस
दिलेन्द्रप्रसाद बढु, प्रवक्ता, नेपाली कांग्रेस

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031