आइतवार, जेष्ठ १४, २०८०

यस्तो नववर्ष २०७१ को अवसर मुलुकको कार्यकारी प्रम तथा दलका नेताहरुको शुभकामना

 काठमाडौँ वैशाख  १,  प्रधानमन्त्री सुशील कोइरालाले नववर्ष २०७१ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नु हुदै शुभकामना सन्देशमा संविधानसभा निर्वाचनपछि शान्तिपूर्णरूपमा सत्ता हस्तान्तरण Sushil1भएको तथा संविधानसभा र व्यवस्थापिका–संसद्को बैठक सुचारु भएको र एक वर्षको समयावधिमा संविधान बन्ने प्रत्याभूति भएको उल्लेख गर्नुभएको छ ।

साथै प्रम कोईरालाले वर्तमान सरकार समस्त नेपालीलाई प्रजातान्त्रिक माध्यमबाट सुख र सुविधा दिन प्रयत्नशील रहेको बताउँदै सरकार मुुलुकमा सुशासन कायम गर्न प्रतिबद्ध रहेको बताउँनुको अलावा वर्ष २०७१ मा शान्ति प्रक्रियाका बाँकी काम पूरा गरी नयाँ संविधान निर्माण तथा जारी गर्ने विश्वास व्यक्त गर्दै मुलुकमा शान्ति र अमनचयन कायम भएपछि सडक, रेल्वे, विमानस्थल, जलविद्युत् आयोजना जस्ता पूर्वाधारको निर्माण तीव्र गतिमा हुने तथा उद्योग, व्यापार र सेवा क्षेत्रमा व्यवसाय अनुकूल वातावरण सिर्जना भई नेपालको आर्थिक विकासले गति पक्डने बताउनुभएको छ ।

यसैवीच एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले नयाँ वर्ष २०७१ को अवसरमा शुभकामना दिँदै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्दै संविधान निर्माणको कार्यभार पूरा गर्ने काममा सहयोग गर्न आग्रह गर्नुभएको छ ।
साथै सन्देसमा पहिचानसहितको सङ्घीयता, सङ्घीयतासहितको संविधान र संविधानसभाबाटै संविधान भन्ने मान्यतामा एमाओवादी पूर्णतः प्रतिबद्ध रहेको उल्लेख गदै अध्यक्ष प्रचन्द्रले संविधान निर्माणको क्रममा आउने सबैखाले चुनौतीको सामना गर्दै पहिचान र अधिकार स्थापित भएको संविधान निर्माणमा केन्द्रित हुन राष्ट्रिय जीवनका सबै पक्षसँग उहाँले आग्रह गर्नुभएको छ भने नेकपा (माले) का महासचिव सिपी मैनालीले नववर्ष २०७१ ले गणतन्त्र नेपालको प्रगतिशील सङ्घीय लोकतान्त्रिक नयाँ संविधान निर्माण गर्न तथा नेपाली जनताबीच सद्भावना तथा एकता कायम गर्न र सार्वभौमसत्ता, अखण्डता, स्वतन्त्रता एवम् समृद्धि अभिवृद्धि गर्न प्रेरणा एवम् ऊर्जा प्रदान गर्न सकोस् भन्ने शुभकामना दिनुभएको छ ।

त्यस्तै नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै नेपाली जनताले संविधानसभाको निर्वाचनमार्फत काँग्रेसलाई सुम्पेको जिम्मेवारीलाई पूरा गर्न सबै राजनीतिक दललाई विश्वासमा लिएर आपसी सहमति, सहकार्य र एकताबाट सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको संविधान नयाँ वर्षभित्र जारी गर्न नेपाली काँग्रेस दृढ सङ्कल्पित रहेको बताउँनु भएको छ ।
यसै गरि नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपाली जनताले संविधानसभाको निर्वाचनमार्फत काँग्रेसलाई सुम्पेको जिम्मेवारीलाई पूरा गर्न सबै राजनीतिक दललाई विश्वासमा लिएर आपसी सहमति, सहकार्य र एकताबाट सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको संविधान नयाँ वर्षभित्र जारी गर्न हामी दृढ सङ्कल्पित छौंँ’ –उपसभापति पौडेलद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले चुनौतिको सामना गर्दै सबैमा सकारात्मक सोंचको विकास होस् भन्ने कामना गर्नुभएको छ । पूर्वप्रधानमन्त्री नेता नेपालले शान्ति, समृद्धि र प्रगतिप्रतिको जनचाहनालाई पूरा गर्ने विश्वासिलो वातावरण निर्माण गर्नु आजको प्रमुख चुनौति हो भन्दै दृढ इच्छाशक्तिका साथ आपसी एकता कायम गर्दै पारस्पारिक सम्मान, सहमति र सहकार्यको बाटामा अगाडि बढ्न सबैलाई नयाँ वर्षले अभिप्रेरित गरोस् भन्ने कामना गर्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031