काठमाडौं चैत्र २५, प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिनदेखि पाँच दिनसम्म मनाइने सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथजात्राको सुभारम्भका दिन देखिएको हर्षोल्लासका छाँयाछवी जात्रा हिजोबाट सुरु भएको हो ।
रथ जात्राको पहिलो दिन सोमवार साँझ तीनधारा पाठशालामा सेतो मच्छिन्द्रनाथ लाई जात्राको लागि रथआरोहण गराएपछि विधिवत रुपमा रथयात्रा सुरु गर्दै तीनधारा पाठशालाबाट रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पु-याइएको थियो भने आज असनदेखि बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोकासम्म मच्छिन्द्रनाथको रथ पु-याइन्छ ।