मङ्लबार, अशोज १६, २०८०

मोबाइल फोन प्रयोग नगर्न सांसदलाई सभामुख नेम्बाङको ध्यानाकर्षण

 काठमाडौं चैत्र १८, व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुख सुवासचन्द्र नेम्बाङले बैठक सुरु भएपछि सभामुख सुवासचन्द्र नेम्बाङले बैठक कक्षमा मोबाइल फोन प्रयोग नगर्न सांसदलाई पुनः ध्यानाकर्षण गराउनुभएको छ । शुन्य समय सञ्चालन भइरहेका समयमा पनि सभासदहरु फोनमा नै व्यस्त dd8009e0ed9669183aa8f3b1141963d9भएपछि सभामुख नेम्वाङले पुनः ध्यानाकर्षण गराएका हुन् ।  शून्य समय सञ्चालन भइरहेका समयमा केही सांसदले फोन प्रयोग गरेपछि सभामुखले सांसदलाई यस्तो ध्यानाकर्षण गराएको हो । यसअघि पनि उनले सांसदलाई बैठक सञ्चालन भइरहेका समयमा मोबाइल प्रयोग नगर्न ध्यानाकर्षण गराएका थिए । संसद् नियमावलीका अनुसार बैठकमा मोबाइल फोन प्रयोग गर्न पाइँदैन।

त्यस्तै आजको बैठकमा सभामुखले सांसद सञ्जयकुमार साहका बारेमा व्यवस्थापिका–संसद्को बैठकमा प्रश्न उठेको भन्दै प्रस्तुत प्रसगमा सदनलाई यथार्थ विवरण दिन सरकारको ध्यानाकर्षण गराए भने संसद्को आजको शून्य समयमा सांसदहरूले नेपाली महिला आन्दोलनको अग्रणी व्यक्तित्व साहना प्रधानको स्वास्थ्य गम्भीर बनेकाले उनको उचित हेरचाह र उपचारको प्रबन्ध मिलाउन माग गरे को छ।

त्यसैगरि व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा सांसद काशीनाथ अधिकारीले ऊर्जा सङ्कट समाधान गर्न ऊर्जा सङ्कटकाल घोषणा गरी विद्युत् उत्पादन, प्रसारण र लगानीमा वृद्धि गर्न माग गरे। सांसद कमल थापाले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न र संसद्लाई शीर्ष राजनीतिक दलको रबर स्टाम्प नबनाउन आग्रह गरे। सांसद वीरेन्द्र महतोले राजनीतिक सहमति लिएर मात्र स्थानीय निर्वाचनको मिति घोषणा गर्न माग गरे भने सांसद नरसिंह चौधरीले राष्ट्रिय समावेशीकरण आयोग गठन गरेर मात्र निर्वाचनमा जानुपर्ने बताए ।  सांसद दीपक बोहराले काठमाडौं उपत्यकाको वातावरणीय प्रदूषण कम गर्न सम्बन्धित निकायले समयमै ध्यान दिन आवश्यक पर्ने उल्लेख गरे। सांसद एकनाथ ढकालले उपत्यकाका नदी संरक्षणमा सांसद टोलीलाई परिचालन गर्न माग गर्दै यससम्बन्धी कार्ययोजना ल्याउन ढिलाइ गर्न नहुने विचार व्यक्त गरे। सांसद जयदेव जोशीले भने उपत्यकाका सार्वजनिक जमिनलाई संरक्षण गर्न माग गरेका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031