बुधबार, अशोज १७, २०८०

महासङ्घ नेतृत्वका लागि वामपन्थी प्यानलको सयुक्त उम्मेदवारी घोषणा

काठमाडौ बैशाख १७, नेपाल पत्रकार महासङ्घको २४ औँ महाधिवेशनबाट चयन हुने आगामी नेतृत्वका लागि प्रेस चौतारी नेपाल, क्रान्तिकारी पत्रकार सङ्घसहित चार वामपन्थीको संयुक्त प्यालनबाट आज सयुक्त उम्मेवदारी घोषणा गरेको छ । चौतारी, सङ्घ, क्रान्तिकारी पत्रकार महासङ्घ, प्रगतिशील पत्रकार सङ्घले संयुक्त रुपमा आयोजना गरेको उम्मेदवारी घोषणा कार्यक्रममा महासङ्घको नेतृत्वका लागि अध्यक्षमा डा महेन्द्र विष्ट, fnj1उपाध्यक्षमा खिलबहादुर भण्डारी र समावेशी उपाध्यक्षमा महेश दासको नाम सार्वजनिक गरिएको छ ।

त्यस्तै, महासचिवमा उजीर मगर, खुल्ला सचिवमा प्रभात चलाउने महिला सचिवमा सङ्गीता खड्का, समावेशी सचिवमा धमेन्द्र कर्ण, कोषध्यक्षमा सूर्यमणि गौतमको नाम घोषणा गरिएको छ । महिला सदस्यमा पवनवर्षा शाह, सरिता ढकाल र निलिमा शुब्बा, जनजाति सदस्यमा मोहनसिंह लामा र लक्की चौधरी ९लोक चौधरी०, मधेसी सदस्यमा बेचु गौँड र अजयकुमार मिश्र, दलित सदस्यमा किसन सङ्गीत नेपाली र कमल परियारको नाम घोषणा गरिएको छ ।

साथै पूर्वाञ्चल क्षेत्रीय सदस्यमा गणेश लम्साल र गणेश पोखरेल, मध्यमञ्चल क्षेत्रीय सदस्यमा चिरञ्जीवी मास्के र सुनील खड्का, उपत्यका सदस्यमा ईश्वरी वाग्ले र रामहरि सिलवाल, प्रतिष्ठान सदस्यमा सुरज आचार्य र रोसन पुरीको नाम घोषणा भएको छ । पश्चिमाञ्चल सदस्यमा रुद्र भट्ट र हरिनारायण गौतम, मध्यमाञ्चल क्षेत्रीय सदस्यमा झलक गैरे र अजय देव शर्मा, कर्णालीबाट सदस्यमा नवराज महतरा, अपाङ्ग सदस्यमा भवानी ऐर, अल्पसङ्ख्यक सदस्यमा अब्दुला मिया, खुल्ला सदस्यमा दीपेन्द्र कुँवर, राजु लामा रहनुभएको छ भने बाँकी सदस्यको नाम घोषणा गर्न बाँकी रहेको बताइएको छ ।
घोषणा सभामा अध्यक्षका प्रत्याशी महेन्द्र विष्ट, एमाले प्रचार विभागका सचिव सूर्य थापा,चौतारीका अध्यक्ष राजेन्द्र अर्याल,क्रान्तिकारी पत्रकार सङ्घका अध्यक्ष गोविन्द आचार्य,क्रान्तिकारी पत्रकार महासङ्घका अध्यक्ष कुमार शाह र प्रगतिशील पत्रकार सङ्घका अध्यक्ष नारायण शर्माले सम्बोधन गर्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031