काठमाडौँ वैशाख १६, पत्रकारसँग सम्बन्धित झण्डै एक दर्जन संघ संगठनको सहमति पछि नेपाल पत्रकार महासंघलाई समावेशी बनाउन विधान संशोधन प्रस्तावमा सहमति जुटेको छ । अब महासंघको विधान समावेशी बन्ने निश्चित भएको महासंघका केन्द्रीय कोषाध्यक्ष शीतल साहले एक जना समावेशी उपाध्यक्ष थपिएको छ । महिला र समावेशी र एसोसिएट गरी सचिव तीन जना थपिएको बताउँनु भएको छ ।
साथै खुला सदस्य संख्या सात बनाइएको छ । त्यसमा एक जना अपांगता भएका पत्रकारबाट र एक जना अल्पसंख्यक समूदायबाट राखिएको छ । महासंघको मौजुदा खुला सदस्यको व्यवस्था थिएन । त्यस्तै केन्द्रीय सभासद छनोटकालागि ७ बराबर एक जना चुनिदै आएकोमा अबदेखि १० साधारण सदस्य बराबर एक जना कायम गने नितिगत सहमति कायम गरिएको छ ।
केन्द्रीय सभासद् संख्या बढि भएपछि महाधिवेशनमा आर्थिक भार बढेको भन्दै सभासद् संख्या घटाइएको केन्द्रीय सदस्य वालकृष्ण बस्नेतले जानकारी दिए । उनका अनुसार हाल कायम १५ सय सभासद्बाट घटेर १ हजार बनाउँदा ४० प्रतिशत खर्च कम हुँने भन्दै बस्नेतले विधान संशोधन प्रस्तावलाई वैशाख २० गतेदेखि हुने २४ औं महाधिवेशनमा पेस गर्ने जानकारी दिएका छन ।
सहमतिपत्रमा प्रेस चौतारी नेपाल, प्रेस युनियन, क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ, मधेसी पत्रकार संघ, आदिवासी जनजाति पत्रकार महासंघ, जागरण मिडिया सेन्टर, मधेस मिडिया हाउस, सञ्चारिका समूह र क्रियाशिल पत्रकार महिला समूहले हस्ताक्षर गरेका छन ।